CanadaKhabar.com

Saturday, May 11, 2024 -
  • ‘ढुङ्गे धाराको’ लिएर आए गायक कृष्ण काफ्ले

    क्यानडाखबर संवाददाता ।

    चर्चित गायक कृष्ण काफ्ले आफ्नो नयाँं गीत  “ढुङ्गे धाराको” लिएर बजारमा आएका छन् । गायिका ममता गुरुङ र स्वयम कृष्ण काफ्ले आवाजमा सजिएको गीतको रचना गायत्राी ज्ञवाली गरेकी हुन् ।
    पर्ख पार्ख मायालु, सुन न चम्पा, तिम्रो पिक्चर हिट, मैले बोलेको छैन ढाटेर लगायत थुप्रै गीतहरु बजारमा हिट भईसकेका छन् ।
    रुपम गुरुङको एरेन्ज तथा प्रख्यात संगितकार आलोक श्रीको संगीत रहेको यस गीतको म्युजिक भिडियो शुक्रबार सांझ गायक कृष्ण काफ्लेले अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

    गम्भिर विष्टले निर्देशन गरेको भिडियोमा गीता ढुंगाना र उनै गम्भिर बिष्ट र कृष्ण काफ्लेको अभिनय रहेको छ । भिडियो नवराज उप्रेतीले खिचेका हुन् भने नबिन निरौलाले सम्पादन गरेका छन् ।
    गायक काफ्लेको पर्ख पार्ख मायालु, सुन न चम्पा, तिम्रो पिक्चर हिट, मैले बोलेको छैन ढाटेर लगायत थुप्रै गीतहरु बजारमा हिट भईसकेका छन् ।

    पुरा भिडियो हेर्नका लागि तलको लिङ क्लिक गर्नुहोस् :