CanadaKhabar.com

Sunday, May 12, 2024 -
  • एनआरएनए क्यानडाको वार्षिक साधारण सभा आउदो १९ डिसेम्वरमा हुने

    क्यानडाखबर डेस्क । टोरोन्टो, क्यानडा ।
    गत अक्टोवर १८ आइतवार बसेको बोर्ड मिटिंगले गैर आवासीय नेपाली संघ राष्ट्रिय समिति (एनआरएनए एनसीसी) क्यानडाको विधान सभा अर्थात वार्षिक साधारण सभा आउदो १९ डिसेम्वर २०२० मा गर्ने निर्णय गरेको छ ।

    यो निर्णय संगै बोर्ड मिटिंगले सेप्टेम्वर ४ देखि ६ सम्म चलेको दोश्रो क्षेत्रिय विज्ञ भेला र एनआरएनएको क्षेत्रिय सम्मेलन सभ्य र भव्य रुपमा सम्पन्न भएको निर्णय समेत गरेको छ । सो क्षेत्रिय विज्ञ भेला एक गौरव गर्न लायक र ऐतिहासिक भएको निष्कर्ष निकाल्दो बोर्ड मिटिंगमा सहभागीहरुले दशै तथा दिपावलीको शुभ कामना आदान प्रदान गरेका थिए ।

    सो मिटिंगमा आइसीसी प्रतिनिधि तथा पुर्व अध्यक्षद्धय गोपि कृष्ण काफ्ले र तुलसीप्रसाद सापकोटा, मानर्थ सदस्यहरु ढुण्डीराज पाण्डे र अभिमन्यु बस्नेतले पनि सम्पन्न सम्मेलन भव्यरुपमा सफल भएको गौरव गर्दै दशैको शुभ कामना आदान प्रदान गरेका थिए । सो, बैठकले आउदो दुई हप्ता भित्र लाफइ मेम्वरसिप खुलाउन निर्णय समेत गरेको छ । AGM सम्मेलन जुमबाट गरिने र त्यसको लागि केहि दिनमै रजिस्ट्रेशनको प्रक्रिया अगाडि बढाइने छ ।

    साधारण सभामा भाग लिन पन्जिकृत सदस्य तथा आजिवन सदस्यहरुलाई निशुल्क गरिने एनआरएन क्यनडाले बताएको छ ।