CanadaKhabar.com

Sunday, December 14, 2025 -

नेप्लिज – भुट्निज कम्युनिटीको आयोजना साहित्यिक गोष्ठी सम्पन्न

भानु ढुंगाना ।

क्यानडाको ओण्टारियो प्रविन्सको विन्सोर सिटि बासी नेपाली मूलका भूटानीहरूको आयोजनामा अंग्रेजी नयाँ वर्ष २०२१  को शुभकामना आदान प्रदानसँगै रचना वाचन गर्ने साहित्यिक कार्यक्रम सम्पन्न भएको छ।

उक्त कार्यक्रम आज २१ जनवरी २०२१ आईतवारका दिन दिनको १०बजेबाट सुरु गरेर १-३० बजे सम्पन्न गरी कार्यक्रम गरिएको थियो कार्यक्रममा भूटान नेपाल,अष्ट्रेलिया,अमेरिका क्यानेडा आदिबाट श्रष्टाहरु भर्चुअल सहभागि करिब ५६ भन्दा जना माथिको सहभागिता थियो। समाजसेवी,शिक्षक शिक्षीका ,युवा सर्जक र नारी श्रष्टाहरु वृद्ध वृद्धा अनि साना बाबु गजल गायक र सकृय छोरीको रमाईलो सहभागिता कार्यक्रमको तयारीमा जुटेको आँकुरा साहित्य चौतारी आयोजक परिवार विन्सोर अन्टारियो क्यानडाले शान्ति र सौर्दताकासाथ सम्पन्न गर्न समीक्षक  गोविन्दसिंह राउत सरको महत्वपुर्ण साथ पाएर कार्यक्रम सफलिभुत भएको छ।

कार्यक्रलाई प्राविधिक सहजकर्याको महत्वपुर्ण सकृयता  ईन्द्र तिम्सिना र  रघु ओस्तिको सकृयतासँगै उद्घोषक अनुभबि  बलराम काफ्लेको अत्यन्त राम्रो सकृयता सँगै आयोजक आँकुरा साहित्य चौतारीको आयोजनामा सम्पन्न कार्यक्रमको संयोजकत्व भानु ढुंगानालाई आयोजक परिवारले जिम्मेवरी दिएको थियो। उक्त खुल्ला रचना वाचन कार्यक्रममा धेरै भन्दा धेरै नारी श्रष्टाहरुबाट सहभागिताले आयोजक आँकुरा साहित्य चौतारी आभार व्यक्त गर्दछ।