CanadaKhabar.com

Sunday, May 12, 2024 -
  • स्वयम्भुमा ‘बिपिन शर्मा मेमोरियल फुटसल प्रतियोगिता’ आयोजना गरिदै

    क्यानडाखबर संबाददाता – काठमाडौं ।

    काठमाडौंमा फुट्सल प्रतियोगिता हुने भएको छ । साहस स्पोर्टस को आयोजना यही आउदो फागुन ७ गते स्वयम्भु स्थित द एकसेलसियर स्कुलको मैदानमा आयोजना गर्न लागिएको बिपिन शर्मा मेमोरियल प्रतियोगितामा ३० भन्दा बढी टिमले सहभागीता जनाउने आयोजकले अपेक्षा राखेको छ ।

    १ दिने खुल्ला फुटसल प्रतियोगितामा प्रथम हुने टिमले ७५५५५ दोस्रो हुनेले ३५५५५ त्यस्तै उत्कृष्ट खेलाडी र उत्कृष्ट गोल किपरले रु २५०० प्राप्त गर्ने आयोजक संस्थाका खेल संयोजक सन्तोष न्यौपानेले बताए ।

    स्वयम्भु एरियाका चर्चित फुटबल खेलाडी बिपिन शर्माको स्‍मृतिमा फुटसल आयोजना गरिएको हो । शर्माको २ वर्ष पहिले हृदयघातका कारण मृत्‍यु भएको थियो । ट्रिपलजेम स्कुलका स्पोट्स कोच समेत रहेका शर्मा स्वयम्भु क्लबबाट फूटबल खेल्ने गर्थे । उनै शर्माको सम्झनामा अब हरेक वर्ष फुट्सल आयोजना गर्ने तयारी रहेको आयोजक संस्थाले बताएको छ ।