CanadaKhabar.com

Monday, April 29, 2024 -
  • सुरु भयो जिल्ला स्तरीय टी-२० क्रिकेट प्रतियोगिता, पहिले खेलमा बैरेनी र त्रिपुरासुन्दरी बिजयी

    धादिङ फागुन ७ । धादिङपोष्ट डटकम र कारु स्मृति प्रतिष्ठानले आयोजना गरेको जिल्ला स्तरीय टी-२० क्रिकेट प्रतियोगितामा गल्छी गाउँपालिका स्थित बैरैनी क्रिकेट टिम र त्रिपुरासुन्दरी गाउँपालिका स्थित त्रिपुरासुन्दरी क्रिकेट टिमले विजयी सुरुवात गरेका छन् ।

    धुनीबेसी क्रिकेट टिम र बैरैनी क्रिकेट टिम बीच भएको उद्घाटन खेलमा बैरेनीले दिएको १२८ रनको टारगेट धुनीबेसी टिमले ११ रन हारेको थियो । यस खेलमा बैरेनीका विश्वास पौडेल प्लेयर आफ द म्याच घोषित भएका थिए ।

    यस्तै दोस्रो खेल त्रिपुरासुन्दरी क्रिकेट टिम र साँङ्कोष क्रिकेट क्लव बीच भएको थियो । यो खेलमा साँङ्कोषले दिएको ८८ रनको टारगेट त्रिपुरासुन्दरीले १० ओभर मै पुरा गर्दै विजयी भएको थियो । यस खेलमा त्रिपुरासुन्दरीका श्रीकृष्ण मिश्र प्लेयर आफ द म्याच घोषित भएका थिए ।

    बेनीघाट रोराङ गाउँपालिकाका उप प्रमुख देवीप्रसाद सिलवालले गर्नु भएको बलिङ र गाउँपालिका प्रमुख पित्त बहादुर डल्लाकोटीले ब्याटिङ गरेर प्रतियोगिताको उद्घाटन गरिएको थियो ।