CanadaKhabar.com

Sunday, May 12, 2024 -
  • क्यानडाको पर्यटन अवैतनिक दूतमा नरबहादुर टन्डन नियुक्ती

    क्यानडाखबर डेस्क ।
    लामो समययता क्यानडामा रहेर नेपाल पर्यटनको प्रबद्द्न गर्दै आएका अभियान्ता नर बहादुर टन्डन पु:न अवैतनिक जनसम्पर्क पर्यटनदूत नियुक्त भएका छन् ।

    यस अघी पनि टन्डनले स्वयसेवकमा रुपमा अवैतनिक पर्यटनदुतका रुपमा काम गरेका थिए । त्यसैको निरन्तरतामा फेरी २ वर्षका लागि नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीले हस्ताक्षर गरेको नियुक्ति पत्र आफुलाई प्राप्त भएको टन्डनले बताए ।


    विगत एक दशक देखी क्यानडामा नेपालको पर्यटन सम्भावनाबारे प्रचार- प्रसार गर्दै आएका टन्डनले क्यानडामा आयोजना हुने विभिन्न मल्टिकल्चर महोत्सबहरुमा नेपालको प्रतिनिधित्व गर्दै कार्यकम आयोजना गर्दै आएका छन् ।

    क्यानडा- अमेरिका चल्ने मल्बाहक ट्रकमा पुरा नेपाल पेन्टिक गरेर सिङ्गो नर्थ अमेरिका डुल्ने पनि उनै टन्डन हुन् । उनले २० हजार डलर खर्च गरी अब छिट्टै अर्को ट्रक पनि सार्वजनिक गर्ने तयारी रहेको बताए ।

    उनका अनुसार नेपालको पांचै प्रदेशमा रहेका महत्वपूर्ण पर्यटकिय क्षेत्रहरुको तस्विर समाबेश गराएर ट्रकमा राखिनेछ। यसअघी मिसिसागा शहरमा चल्ने पब्लिक बसहरुमा नेपालका तस्विरहरु टासिएको थियो ।