CanadaKhabar.com

Saturday, May 11, 2024 -
  • गायिका निशु ढकालको ‘निशानी’ मा राजकुमारी र सेनापतीको वियोगान्त प्रेमकथा

    क्यानडाखबर डेस्क ।

    पछील्लो समय निकै चर्चामा आएकी गायिका निशु ढकालको नयाँ ‘निशानी’ बोलको गजल गीत सार्वजनिक भएको छ । संगित क्षेत्रमा निरन्तर सकृय ढकालको यसअघि पनि विभिन्न गीतहरु सार्वजनिक भई सकेका छन् । यस पटक फरक शैलीको गीतको म्युजिक भिडियोमा एउटा वियोगान्त प्रेमकथा समावेश गरिएको छ यो नौलो अभ्यासलाई दर्शक श्रोताहरुले रुचाउने अपेक्षा गायिकाले राखेकी छिन् ।


    शुक्रबार सार्वजनिक म्युजिक भिडियोमा राज खन्दानको पारीघटनामा उतार्न खोजिएको छ एउटा राजकुमारी र सेनापतीको प्रेमकहानी भिडियोमा देखाईएको छ । रामचन्द्र तिमल्सिनाको शब्द र निशुको आवाजमा रहेको यो गीतलाई नविन के तिमल्सिनाले कम्पोज तथा एरेञ्ज गरेका हुन् ।

    गीतको म्युजिक भिडियोमा गीता ढुङ्गाना, विजय पुन, रामबाबु रेग्मी र किशोर गौतम लगायतका कलाकारहरुले अभिनय गरेका छन् । म्युजिक भिडियोलाई ज्ञानेन्द्र शर्माले खिचेका हुन् । प्रणेश श्रेष्ठको कोरियोग्राफी रहेको म्युजिक भिडियोलाई नविन के तिमल्सिनाले नै निर्देशन गरेका हुन् ।

    पुरा भिडियो हेर्न तलको लिङक क्लिक गर्नुहोस् ।