क्यानडाखबर डेस्क – टोरोन्टो क्यानडा ।
एनआरएनए क्यानडा मिसीसागा क्षेत्रको निर्वाचन परिणाम निक्लिएको छ । विरेन्द्र रावत र सोम गुरुङ भर्खरै निर्वाचित भएका छन् ।
मिसिसागा निर्वाचन केन्द्रका प्रमुख कृष्ण तिमल्सिनाका अनुसार उम्मेद्वार बिरेद्र रावतले २५६ मत प्राप्त गरेका छन् भने अर्का बिजयी उम्मेद्वार सोम गुरुङले २७२ मत ल्याएर बिजयी भएका छन् । त्यस्तै अर्का उम्मेद्वार सन्तोष पराजुलीले ११९ मत प्राप्त गरे । निकै सहजता पुर्वक चुनाव सम्पन्न भएको निर्वाचन अधिकृत तिमील्सिनाले बताए ।
दुई जना सदस्य चुनिने यो क्षेत्रमा ३ जनाको उम्मेद्बारी परेपछी निर्वाचन गर्नु परेको थियो ।
अन्य क्षेत्रमा के भईरहेको छ थाहा पाउनकालागी क्यानडाखबर हेर्दै रहनुहोला ।
