CanadaKhabar.com

Friday, May 10, 2024 -
  • ‘द भ्वाइस अफ नेपाल’ सिजन ३ को ताज किरण गजमेरलाई

    विश्वास लामा – क्यानडा ।

    हिमालय टेलिभिजन र द भ्वाइस अफ नेपालको अफिसियल यूट्यूब च्यानलबाट प्रसारणमा आइरहेको चर्चित सांगितिक सो ‘द भ्वाइस अफ नेपाल’ सिजन ३ ले आज शनिबार विजेता घोषितगरेको छ । द भ्वाइस अफ नेपाल सिजन ३ को फाइनल राउण्डमा चार जना प्रतिभाहरू तारा श्रीष मगर, ज्वाला राई, किरण गजमेर र आर्यन तामाङ पुग्न सफल भएका थिए । टीम दिपबाट आर्यन तामाङ, टिम प्रमोदबाट किरण गजमेर, टिम राजुबाट तारा श्रीश मगर र टिम तृष्णा बाट ज्वाला राई फाइनलमा पुगेका हुन् ।

    अन्तिम चराणमा फाइनल बिजेता छनोट गर्न दर्शकबाट अनलाइन भोटको सहायता लिईएको थियो । देश विदेशमा रहेका नेपाली दर्शकहरुबाट अत्यधिक भोट प्राप्त गरेर टिम प्रमोदबाट किरण गजमेरले सिजन ३ को ताज आफ्नो नाममा दर्ता गर्न सफल भएका छन् । त्यसै गरी टिम राजुबाट तारा श्रीश मगर दोस्रो, टिम दिपबाट आर्यन तामाङ तेस्रोर चौथो स्थानमा टिम तृष्णाबाट ज्वाला राई पुगेका थिए । द भ्वाइस अफ नेपाल सिजन ३ को उपाधी जित्न सफल गजमेरले पचिस लाख नगद प्राप्त गरेका छन् ।

    द भ्वाइस अफ नेपाल सिजन २ मा पनि टिम प्रमोदबाटै राम लिम्बु विजयी भएका थिए । विजयी हुने गजमेरले हाल सम्म सय भन्दा बडी गीतहरूमा आफ़नो आवाज साथै संगीतकार भएर आफुलाई चिनाउन सम्म सफल भएका छन् । गजमेरले संगीत भरेको गीत ‘पुर्णिमाको चन्द्रमालाई’ एक समय निकै लोकप्रिय रहेको थियो जस गीतको गायक लोकेश गुरुङ हुन । केहि नेपाली चलचित्रहरूमा पनि आफ़नो आवाज दिई सकेका किरणको जन्म भने झापाको खुदुनाबारी शरणार्थी शिविरमा भएको थियो ।

    गजमेर स-परिवार २०१२ मा अमेरिका पुगेका थिए । द भ्वाइस अफ नेपालकै लागी भनेर किरण गजमेर बिगत सात, आठ महीना देखी आफ्नो परिवार देखी टाढ़ा नेपालमा रहदै आएको थिए । किरणलाई अन्तिम चरण भोटिङ सिस्टममा अग्र स्थानमा ल्याउनका लागि क्यानडा, अमेरिका, अष्ट्रेलिया न्युजल्याण्ड लगायतका देशहरुमा ग्रुपिङ अभियान नै चलाईएको थियो । देश तथा विदेशमा रहेका नेपालीहरूको साथ र मायाले गर्दा सिजन ३को ताज पाउन सफल भएकोमा हार्दिक बधाई तथा शुभकामना !