क्यानडाखबर डेस्क ।
सामाजिक संजालमा आधारित इ-कमर्स कम्पनी, सगुनले डा. तुल्सी धरेललाई मार्केटिङ एडभाइजरका रूपमा संलग्न गराएको छ। बिगत दुई दशकदेखि सपरिवार क्यानडामा रहँदै आउनु भएका धरेलले एमबीए र मार्केटिंगमा पीएचडी गर्नु भएको छ । डाक्टर धरेल सँग व्यवसाय विकास तथा सामाजिक समावेशितामा अढाई दशक भन्दा बढीको अनुभव छ । उहाँले नयाँ उद्यमीहरुलाई व्यवसायिक सफलताका लागि आवश्यक दक्षता र ज्ञान प्रदान गर्दै आउनु भएको छ ।
डाक्टर धरेल सन् १९८७ देखि प्राध्यापन पेशामा संलग्न हुँदै आउनु भएको छ । उहांको विज्ञताहरू मध्ये अन्तर्राष्ट्रिय बजार व्यवस्थापन, बजार अनुसन्धान, बिक्री तथा प्रवर्द्धन आदि प्रमुख हुन् । प्राध्यापन बाहेक धरेलले परामर्शदाता, उद्यमी र प्रशिक्षकको रुपमा पनि काम गर्दै आउनु भएको छ।

मार्केटिङमा बिधावारिधि डा धरेललाई क्यानेडियन मार्केटिंग एसोसिएसनले चार्टड मार्केटर को उपाधि दिएको छ । धरेल यो उपाधी प्राप्त गर्ने एकमात्र नेपालीमूलका व्यक्ती हुनु हुन्छ । डाक्टर धरेललाई क्यानेडियन मार्केटिंग एसोसिएसनले काउन्सिल मेम्वर र हरेक बर्ष हुने कम्पनीहरूको उत्कृष्ट मार्केटिंगको निर्णायक समुहमा पनि मनोनित गरेको छ । समाज सेवामा पनि सक्रिय डाक्टर धरेललेत लायन्स क्लब इन्टर्नेशनल , युएसएले सन् १९९२ मा उहाँलाई ” इन्टरनेशनल लियो युथ अफ दि इएर” सम्मान प्रदान गरेको थियो। मंगोलिया सरकारले सार्वजनिक उद्यमहरूको बजार प्रवर्धनमा सहयोग गरेकोमा विदेशी नागरिकहरुलाई प्रदान गरिने उच्च पदक प्रदान गरेको थियो। त्यस्तै सन २०१७ मा डा धरेललाई क्यानेडियन मल्टिकल्चरल काउन्सिलले “उत्कृष्ट एशियन क्यानेडियन” सम्मान र सन् २०१९ मा ईमिग्रेशन क्यानडाले ‘टप २५ क्यानडियन इम्मिग्रेंट अवार्ड’ बाट धरेल सम्मानित हुनुभएको थियो ।
सन् २००७ देखि टोरन्टोस्थित सेंटेनियल कलेजमा मार्केटिंग विषयको प्राध्यापकका रुपमा कार्यरत डा. धरेलले सगुनसंग जोडिन पाउंदा आफुलाई निकै हर्षित भएको कुरा बताउनु भयो ।
“प्रवासी नेपालीहरुद्वारा स्थापना गरिएको र सामाजिक इ-कमर्शको क्षेत्रमा नवप्रवर्तकको रूपमा जन्मिएको हो सगुन । सगुन जस्तो कम्पनीसंग जोडिन पाउँदा म हर्षित छु,” डा. धरेलले भन्नु भयो । “ विश्वव्यापी ट्रेन्डको आधारमा स्टार्ट-अप कम्पनीहरुलाई कसरी विश्वबजारमा स्थापित गर्ने भन्ने बारेमा मैले मेरो अनुभव र सीप सगुनको लक्ष्य प्राप्त गर्नमा लगाउने छु। “डा धरेलले भन्नु भयो ।
डा. धरेललाई सगुन टिममा स्वागत गर्दै सगुनका संस्थापक गोविन्द गिरीले भन्नु भयो ,” हामीले भर्खरै एउटा अमेरिकी कम्पनी, एक्जेम्प्लर कन्सल्टिंग, संग लगानी, व्यापार, आय तथा भविष्यको वृद्धिबारे रणनीतिक सहकार्य सम्बन्धी सम्झौता गरेका छौं । डाक्टर धरेलजस्ता अनुभवी व्यक्तित्वको संलग्नताबाट सगुनलाई आफ्नो मिशनमा ठूलो सहयोग पुग्ने हाम्रो विश्वास छ। ” सगुनले बिभिन्न क्षेत्रका बिज्ञहरूलाई सगुनको अभियानमा सरिक हुन प्रोत्साहन गरीरहने छ संस्थापक गिरीले भन्नु भयो ।
त्यस्तै सगुन कम्पनीका सहसंस्थापक कबिन सिटौलाले अन्तर्राष्ट्रिय बजार व्यवस्थापनमा लामो अनुभव सम्हालेका डा. धरेल जस्तो व्यक्तित्वलाई सगुनमा जोड्न पाउँदा निकै खुसि लागेको बताउनु भयो।
“सगुन आफ्नो यात्राको एउटा महत्वपूर्ण चरणमा रहेको बेला उहाँको अनुभव, ज्ञान, सीप, र सम्पर्क हाम्रा लागि निकै उपयोगी हुने हामीले विश्वास लिएका छौं,” सिटौलाले भन्नु भयो ।
सन् २०१५ मा औपचारिक रुपमा शुरु गरिएको सगुनका अमेरिका, नेपाल र भारतमा कार्यालयहरु छन्। सगुन प्ल्याटफर्ममा प्रयोगकर्ताहरुले आफ्नो कथा, फोटो र भिडियो शेयर गर्छन्, आफ्ना साथीहरुसंग कुराकानी गर्छन् र उनीहरुले कमाएको ‘स्मार्ट कोइन’ हरु परिवार र साथीहरुलाई उपहार किन्न खर्च गर्न सक्छन् ।
प्रयोगकर्ताहरुले अहिले सम्म १ अर्ब ७० करोड भन्दा बढी ‘ स्मार्ट क्वोइन’ हरु आर्जन गरिसकेका छन् जसमध्ये ५३ करोड ३० लाख ‘स्मार्ट क्वोइन’ हरु परिवार तथा साथीहरुलाई उपहार दिन वा किनमेल गर्न खर्च गरि सकिएको छ।
अहिले सम्म सगुनले सगुन स्टोरी, न्युज हेड लाइन्स, मुड च्याट्स, सोसियल स्मार्ट कार्डहरु विकास गरेर बजारमा ल्याइसकेको छ। अव छिट्टै “शप” तथा “भ्वाइस स्टोरी” नामक फिचरहरु पनि बजारमा उपलब्ध गराउने तयारीमा छ ।
‘सगुन’ बारे आफ्नो धारणा राख्दै डा तुल्सी धेरेल