CanadaKhabar.com

Monday, April 29, 2024 -
  • सम्वृद्ध नेपालको परिकल्पना अमेरिकाबाट, नयां अभियान सुरु गरिदै

    यस्तो रहस्यमय जीवन बुझ्नलाई
    जानू कहाँ ? पढनु के ? गुरु को बनाई ?
    फुल्दो गुलाबविच ज्ञान अनेक फुल्छन्
    उद्यानमा बस गई सब तत्व खुल्छन् !
     
    कर्तव्य के छ जनको , यति छन् विरोध ?
    नक्षत्र हेर नभमा दिलसाथ सोध
    केहो ठुलो जगतमा ? पसिना विवेक
    उद्देश्य के लिनु ? उडी छुनु चन्द्र एक  

              
    – महाकवि देवकोटाको प्रश्नोत्तर बाट साभार


    महाकवि देवकोटाका यी २ श्लोक कविता करिब सन् – १९४९ तिर नै लेखिएको रहेछ  ।चन्दमामाजाने, त्यसलाई छुने सोच त्यही समयमा नै नेपाली दिमागमा आएको पाइन्छ  । त्यो परिकल्पना सानो थिएन जसले समुच्चा मानव सभ्यतामा नै ठुलो परिवर्तनकारी क्रान्ति ल्यायो ।
    अमेरिकाले सन् 1961 मा अथवा देवकोटाको माथि प्रस्तुत अभिव्यक्ति प्रकाशमा आएको करिब ११ वर्षपछि भुतपुर्व अमेरिकी राष्ट्रपति जोन एफ केनेडीमा चन्द्रमामा जाने सोच आयो सोही अनुसार कार्य पनि हुन थाल्यो। यसले नेपालीहरू नयाँ कल्पना र सपना देख्न सक्ने प्रतिभाशाली र दूरदर्शी जाति भएको कुरा प्रमाणित गर्छ । शान्तिमा होस्, युद्धमा होस् , नयाँ विचारमा होस्, ज्ञानमा होस्, सगरमाथा चढ्ने साहसमा होस् हामी नेपालीहरू जहिले पनि जहाँपनि मानव इतिहासमा प्रथम नै भएका छौं । संसारका विभिन्न ठाउमा रहेका आदरणीय नेपाली भाषाभाषी दाज्यूभाइ दिदी बहिनीहरू   नमस्कार !
    म याहाँको जिबनको अत्यन्तै अमुल्य समय थोरै माग्न चाहन्छु यहाँहरूमा म कवीन्द्र सिटौला अमेरिकाबाट यो घोषणा र आह्वान लिएर उपस्थित भएको छु । यो भिडियो तपाइंको समाजिक सञ्जालमा आइपुग्यो भने सियर अनुरोध गर्न चाहन्छु । चाहे हामी पहिलो सूर्योदयको देश
    जापान वा न्यूजिल्यान्ड हुदै  अष्ट्रेलिया, एशिया, अफ्रिका, दक्षिण वा उत्तर अमेरिका अनि  युरोप जहाँजहाँ छौं हाम्रो सम्बन्ध नैपाली हो र हाम्रो पहिचान पनि नेपाली नै हो । तपाईका र मेरा पुर्खाले फेरेको शास र पिएको पानी एउटै थियो, उनीहरूले बोल्ने भाषा पनि एउटै थियो, अनि भावना पनि एउटै थियो । कुनै कारणवश तपार्इंका वा हाम्रा पुर्खाहरू  या अहिलेको अबस्थामा तपाइ र्, हामीहरू बर्मा, भुटान, भारत वा विश्वका अरूहरू ठाउँमा पुगे पनि हामी सबैको पितृभूमि वा पुखौली भूमि नेपालै हो र भाषा पनि नेपाली नै हो । म तलका कुराहरू यहाँहरू सबैको समक्षमा राख्न चाहन्छु:

    विश्व भरिका  प्रिय नेपाली मनहरू ! हामीले पढेका इतिहासका बुद्ध, पृथ्वी नारायण शाह, अमरसिंह, भक्तिथापा, भानुभक्त, तेञ्जिङ् शेर्पा, महाकवि देवकोटा, वीर गोर्खाली, योगमायाँ, पारीजात, वर्तमान झमक कुमारी घिमिरे लगायत अन्य धेरैधेरै देश र बिदेशमा रहेका नेपाली छोराछोरीहरू र शहिदहरू ले नेपालको शीर उठाउन अथक प्रयत्न गरेका छन् । तिनीहरुकै कारणले हामी उच्चस्तरमा परिचित हुन भाग्यमानी भएका छौं ।

    अहिलेका अबस्थामा नेपालमा राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन र अमेरिकामा सगुनका संस्थापक गोविन्द गिरि यी दुईजना नेपाल आमाका नूतन किसिमका सिर्जनशील अभियन्ताको रूपमा हाम्रो उज्यालो भविष्य र गौरवको पहिचानमा नयाँ आयाम थप्न समयले प्रस्तुत गरेको रहेछ भन्ने मलाई महसुस भएको छ ।
    हामी उनीहरूसित सँगसँगै हिड्यौं भने अबको नौ वर्ष सम्ममा हामी सन्सारकै सम्वृद्ध,सुखी र खुसी जाती हुनेछौं भन्ने मलाई पूर्ण विश्वास छ । यी दुईजना नै नेपाललाई टाढासम्म हेर्ने, नेपालका दूरदर्शी दुईटा आँखा हुन् । सिर्जनशील नेपालको  सुन्दर भविष्य देख्ने परदर्शी यी दुई आँखाहरूलाई अथवा यी दुई ज्ञाननेत्रलाई चिनौं । उनीहरूले देखेको उज्यालो भविष्यलाई हामी पनि देखौं ।

    यतिमात्र ग¥यौं भने पनि नेपालीहरूको उन्नत भविष्य हुन्छ र यसले हाम्रो इतिहासको नयाँ अध्याय शुरु गर्ने छ । नेपाल र नेपालीको भविष्यप्रति रातदिन सोच्ने आदरणीय सम्पूर्ण मान्यजनहरु, नेपाल राष्ट्र, अमेरिका, जापान, स्विटजरलैण्ड, सिंगापुर वा संसारका अरु कुनै विकसित राष्ट्रजस्तो बन्नु पर्दैन । हाम्रा आफ्नै मौलिक पहिचान र संस्कारहरु छन्, जुन विश्वका अन्य कुनै पनि राष्ट्र वा जातीहरुसँग छैन र कहिल्यैै हुने पनि छैन ।


    त्यसैले नेपाल, नेपाल नै रहनेछ अनि नेपाली जाती विश्वमा सधै विशेष जाती नै रहने छ । बरु चाँडै नै विश्वले भन्नेछ –नेपाल देश जस्तै र नेपाली जाती जस्तै बन्न पाऊँ । मैले यो कुरा भावनामा बोली रहेको छैन । यसका आधारहरु छन्, सम्भावनाका बलिया खम्बाहरु छन् । यी आधारहरु सहित निकट भविष्यमा नै म यहाँहरु समक्ष आउनेछु । संसारमा रहेका आदरणीय स्वाभिमानी नेपालीहरू हो !
    हामीले आफुलाई झस्काएर  हेर्रौं, हामीले शिघृ आफ्नो मौलिक स्वरूप, क्षमता र संस्कारलाई चिन्नु, बुझ्नु र ब्यूँझाउनु परेको छ ।

    हामी स्वयंले स्वयंलाई त्यसरी नै स्मरण गराउनु परेको छ जसरी जाम्बवान्ले हनुमानलाई उनी आँफै भित्र रहेको क्षमताको स्मरण गराएका थिए ।  ठीक्, त्यसरी नै हामी भित्र हामीलाई नै पर्खेर बसेको अथाहा अध्यात्मिक शक्तिलाइ जगाउन र वाह्रि व्यापक रूपमा छरिएको भौतिक शक्तिलाइ समेट्न यो आह्वान गर्छु ।  
    यात्रा सुरु भएको छ !
    नेपाल र नेपालीको जयेहोस्
    बिश्व र संपुर्ण मानवजातिको जयेहोस्

    पुरा भिडियो हेर्नका लागि तलको लिङक क्लिक गर्नुहोस्