CanadaKhabar.com

Sunday, April 28, 2024 -
  • बुवाहरुको सम्मानमा सिडी विजयले गाए बस्ताकोटीको “बा मेरा बा” गीत

    ‘बा’हरूको सम्मान र समर्पणमा सिडी विजयले गाए बस्ताकोटीको “बा मेरा बा” गीत बुवाको मुख हेर्ने दिनको अवसर पारेर बुवाको सम्मान र सम्झना झल्कने गरी ” बा मेरा बा” गीत भ्वाइस अफ नेपाल प्रथम संस्करणका विजेता सिडी विजय अधिकारीको स्वरमा सार्वजनिक गरिएको छ।

    डा ऋषि बस्ताकोटीको रचना, खेम विश्वकर्माको संगीत र पुस्कर सुनुवारको संगीत संयोजनमा तयार पारिएको उक्त गीतलाई “द टच क्रियसन”ले युट्युव मार्फत सार्वजनिक गरेको हो। गीतको लिरिकल भिडियोको भिडियोको सम्पादन मोहन सुनुवार (नवीन)ले गरेका हुन्। गीतमा आफ्ना सन्तानलाई असल नागरिक बनाउनको लागि बुवाहरूले गरेको दुख कस्टलाइ सरल तरिकाले प्रस्तुत गरिएको छ।

    सन्तानका सुन्दर भविष्यका लागि आफूले धेरै कुराहरू गुमाएर पनि आफ्ना सुबिधालाइ भन्दा सन्तानका प्रगतिमा खुसी हुने, सन्तानलाई सदा सदा असल र सरल बन्न प्रेरित गरिरहने संसारभरका बाहरूलाई यो गीत समर्पण गरिएको छ। आफुले थ्रुप्रै सदावहार गीतहरू गाएको तर बाप्रति समर्पित गीत भने आज पहिलो पटक गाउने सौभाग्य मिलेको बताउंदै गायक सिडी विजय अधिकारीले यो गीत गाउँदा आफु निकै भाबुक बनेको बताए। यो गीत गाइरहन्दा आफूलाई बुवासँग विताएका क्षणहरू याद आइरहेको, उहाँले आफुलाई गरेको आगाध प्रेम, आफ्ना लागि उहाँले गरेको संघर्ष सबै सबै ताजा भएको र यो गीतले संसारभरका बुवाहरूप्रति समान प्रकट गरेको भन्दै यो गीत सुने पछि पक्कै पनि आफ्ना बाका आँखा पनि हर्षका आँसुले भरिने छन् भन्दै उनी भावुक भए। यो गीत एक उच्चकोटीको सदावहार गीत बनेको उनले दावी गरे।

    गीतकार डा बस्ताकोटीले आफ्ना यस अघिका धेरै जसो गीतहरू देखेसुनेका कथाको आधारमा या कल्पनामा लेखिएका भए पनि ” बा मेरा बा” गीत भने आफ्ना दिवंगत पिताजीको सरल जीवन, संघर्ष र सन्तानप्रतिको समर्पणलाइ अन्तरहृदयबाट अनुभूत गरी संसारका सम्पूर्ण जिम्मेबार पिताजीहरूको सम्मान र समर्पणमा तयार पारेको बताउछन। बाहरु साच्चै नै मैनबत्ती जस्ता हुन् – उनी अगाडी भन्छन- यो गीत सम्पूर्ण सन्ततिहरूकातर्फबाट आफ्नो जीवन जलाउदै आफ्ना सन्तानलाइ अन्तिम क्षणसम्म उज्यालो दिरहने सबै पिताज्यूहरूका लागि सम्मान हो, नेपाली परम्परा अनुसार बुवाको मुख हेर्ने दिनको अवसर पारेर सार्वजनिक गरिएको यो गीतले सम्पूर्ण सन्तानलाइ आफ्ना पिताप्रति थप अनुग्रहित बनाउने छ।

    संगीतकार खेम विश्वकर्मा आमाका नाममा थुप्रै गीतहरू लेखिएका र गाइएका भए पनि बाका नाममा भने खासै धेरै गीत नबनेकाे सन्दर्भमा बाको महिमा र चर्चा समेटिएको ऐतिहासिक गीतमा चर्चित गायक अधिकारी र सिद्धहस्त गीतकार बस्ताकोटीसंग सहकार्य गर्न पाउनु आफ्नो लागि निक्कै खुशीको कुरा भएको बताउछन। उनी अगाडी थप्छन- गीतका शब्दहरू सुन्दै जाँदा याे गीत गीतकारले हुबहु मेराे आफ्नै बाको कथा थाहा पाएर लेखिदिए जस्ताे लाग्याे, सायद याे गीत जसले सुन्छ यसमा उसले उसैकाे बाकाे कथा भेट्टाउछ ।

    धेरै खालका शव्दहरुमा संगीत भरेको अनुभव संगालेका विश्वकर्माले यो शव्दलाई भने झन्डै आधा दर्जन प्रकारका संगीत भरेको र अन्तत: सबैले सजिलै गुन्गुनाउन सक्ने संगीतलाइ छनोट गरी रेकर्डिङ्ग गरिएको बताउछन। हुन त आफुले गरेका सबै गीत आफ्नै हुन् – उनी अगाडी थप्छन – तर कथा पनि आफ्नो लागे पछि दिलैदेखि नै मेहनत बढ्दो रहेछ। यो कुरा संगीत संयोजक पुस्कर सुनुवार र गायक सिडी विजय अधिकारीको मेहनतले पनि देखाएको छ। आफुले जुन भावका साथ् संगीत गरेको त्यसलाई दुरुस्त संग पक्रेर उस्तै भावका साथ अधिकारीले आफ्नो स्वर दिएकोमा संगीतकार विश्वकर्मा निक्कै खुशी हुदै तमाम श्रोता-दर्शक एवं संगीत पारखीहरुलाई गीत सुनेर/हेरेर स्वस्थ प्रतिक्रिया दिन अनुरोध गर्छन।

    यो गीतको एरेन्ज गर्न थालेको १ वर्षपछि रेकर्डिङ्ग भयो। व्यस्त संगीत संयोजक पुस्कर सुनुवार त्यसमा दुखि देखिदैनन। बरु जतिचोटि दाजु-भाइ (खेम-पुस्कर) भेट भयो त्यति चोटि यो फाइल खोलेर सुनिहाल्ने र केहि न केहि परिमार्जन गरिहाल्ने काम करिव एक वर्ष चल्यो र अन्तत्वगत्वा सानदार गीत बाहिर ल्याइयो भन्ने बुझाइ उनको छ।

    गीतको भिडियोका लागि तलको लिङक क्लिक गर्नुहोस् ।