क्यानडाखबर डेस्क ।
माल्टन नेपाली समाजद्वारा आयोजित भलिबल प्रतियोगितामा ‘लालिगुरांस स्पोर्ट क्लब’ बिजयी भएको छ भने टोरन्टो नेप्लिज स्पोर्टस क्लव उपविजेता बन्न सफल भएको छ ।

क्यानडाको मिसिसागास्थित माल्टनको एल्म क्रिक पार्कमा आयोजना गरिएको खेलमा टोरोन्टो आसपासका ७ भलिबल टिमले सहभागिता जनाएका थिए । प्रतियोगितालाई साथ दिन भन्दै एनआरएन क्यानडाले समेत आफ्नो टिम बनाएर भलिबल खेलेका थिए ।
खेलको उत्कृष्ट खेलाडीको उपाधी टोरोन्टो स्पोर्टसका प्रयाग गुरुङले प्राप्त गरे भने प्रतियोगितामा आयोजक माल्टोन टिमकी रचना कडरियालाई ‘उत्प्रेरणा पुरस्कार’ दिईएको थियो ।
प्रतियोगितालाई रियल्टर धिरेन्द्र शाही, एमपिसिपिए प्रोफेस्नल कर्पोरेसनका सिपिए मदन पोखरेल, एभरेष्ट तेक्वान्दो र ए वान हाक्का हाउस रेष्टुरेन्टले प्रायोजन गरेका थिए ।
पहिलो पटक आयोजना गरिएको यो प्रतियोगितालाई अब हरेक वर्ष आयोजना गरिने आयोजकले बताएका छन् ।
त्यस्तै गरी आउंदो सेप्टेम्बर १८ मा लालिगुरांस स्पोर्ट क्लबको आयोजना मिसीसागास्थित माल्टन मै भलिबल प्रतियोगिता आयोजना गर्दैछ थप जानकारीका लागि हामी अर्को अपडेट गर्नेछौ ।
तस्विरहरु : क्यानडाखबर






