CanadaKhabar.com

Friday, May 10, 2024 -
  • ‘कोईनभेनचर’ समुहले क्यानडामा २५ वटा रेष्टुरेन्ट खोल्ने

    क्यानडाखबर डेक्स – टोरोन्टो, क्यानडा ।

    सामुहिक लगानीमा ब्यवसाय गर्दै आएको समुह ‘कोईनभेनचर’ ले आफ्नो दोस्रो साधारण सभा सम्पन्न गरेको छ ।

    क्यानडाको ब्राम्टोन स्थित आंफैले संचलन गरेको रेष्टुरेन्टमा आयोजना गरिएको सभाले मुगा राजभण्डारी – अध्यक्ष, विशाल श्रेष्ठ – उपाध्यक्ष, गुरु रेग्मी – सचिव, परशु श्रेष्ठ – कोषाध्यक्ष र क्रमश लक्ष्मण मण्डल, सविता श्रेष्ठ, सी एम उप्रेती र अमन श्रेष्ठ डाईरेक्टरमा निर्वाचित गरेको छ ।

    क्यानडाको विभिन्न क्ष्रेत्रमा बसोबास गर्दै आएका नेपालीहरुको साझा प्रयासमा कोईनभेनचर ले आफ्नो यात्रा सुरु गरेको हो । मल्टीप्रपोजमा सुरु गरिएको यो कम्पनीले रेष्टुरेन्ट तथा रियलस्टेटमा आफ्नो लगानी गर्दै आएको छ ।


    फ्रोंजन म:म, क्यानडाको विभिन्न क्ष्रेत्रहरुमा २५ भन्दा बढी चेन रेस्टुरेन्टहरु खोल्ने र घर जग्गामा लगानी गर्ने लक्ष्य कम्पनीले राखेको अध्यक्ष्य मुगा राजभण्डारीले बताए ।