CanadaKhabar.com

Sunday, May 12, 2024 -
  • नेपाली ब्याबसायीको क्यानडामा संघ गठन

    क्यानडाखबर संबाददाता ।
    टोरोन्टो, क्यानडा

    क्यानडामा ब्यवसाय गर्ने नेपालीहरुको पहलमा ‘फेडरेशन अफ क्यानडा नेपाल चेम्बर अफ कमर्स’ संस्था गठन भएको छ ।

    नेपाल र क्यानडाको ब्याबसायिक सम्बन्धलाई बलियो बनाउने लक्ष्य सहित सुरुवात गरिएको संस्थाको पहिलो बैठकले युवा ब्याबसायी बिजय पौडेललाई निर्वाचित गरेको छ भने उपाध्यक्षमा लेलिन गुरुङ निर्वाचित भएकी छिन् त्यस्तै युवा ब्याबसायी गोकर्ण लामिछाने महासचिब, सारा पल मिकुसी सचिब, लक्ष्मण मन्डल कोषाध्यक्षमा निर्वाचित भएका छन् भने बोड अब डिरेक्टरमा कानुन ब्याबसायी अतुल सुबेदी, आशिष भट्टराई र बुद्धी अधिकारी चुनिएका छन् ।

    ‘फेडरेशन अफ क्यानडा नेपाल चेम्बर अफ कमर्स’ को सल्लाकारमा क्यानडा संसद सांसद डान मुइज, क्यानाडाका लागि नेपाली अवैतनिक राजदुत डा.कुञ्जरमणी शर्मा, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा एभरेष्ट रियल्टी ब्रोकरेज क्यानदाक सीइयो मदन केसी त्यस्तैगरी, ब्यारी मेनोर इन्हान्स केयर कम्युनिटीका अध्यक्ष निमा म्यासेल्हिनी,खेतान ग्रुपका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र खेतान, सेन्टिनियल कलेजका प्रोफेसर डा. तुल्सि धरेल,रमा गेमिङका निर्देशक पल मिकुसी,नोवल कलेजका अध्यक्ष नवराज पाण्डे र आरोग्य हस्पिटालिटीका संस्थापक तथा कार्यकारी अधिकृत विष्णु दाहाल रहेका छन् ।


    संस्थाले बिशेष गरी नेपालबाट क्यानडा र क्यानडाबाट नेपाल ब्यवसाय गर्न चाहनेहरुलाई सहजिकरणको भूमिका निर्वाह गर्ने, नेपालमा क्यानाडाको राजदूतावास र बाणिज्य कार्यालय नभएर समस्या परेकाले क्यानडा सरकार समक्ष यो बिषय पुराउने लक्ष्य राखेको अध्यक्ष बिजय पौडेलले बताए ।


    क्यानडामा रहेका नेपाली ब्याबसायीहरु लाई संगठित गराएर एउटा बलियो संस्ठा निर्माण गर्ने समेत संस्थाको योजना छ ।


    ओन्टारियो गभर्मेन्टमा पुर्व मन्त्री तथा ब्राम्टोन साउथका सांसद प्रब्मित सरकारीयाबाट प्रसशां पत्र लिदै संस्थाका अध्यक्ष बिजय पौडेल ।