CanadaKhabar.com

Monday, May 6, 2024 -
  • नेपालमा क्यानेडियन राजदुताबास निर्माण पहलका लागि अटोवामा डेलिगेशन

    क्यानडाखबर संबाददाता – टोरोन्टो, क्यानडा

    फेडरेशन अफ क्यानडा नेपाल चेम्बर अफ कमर्सले आफ्नो मुख्य एजेन्डा ‘नेपालमा क्यानडा राजदुताबास स्थापनाका लागि पहल’ बिषयलाई लिएर क्यानडाका लागि नेपालका राजदुत भृगु ढुंगानासंग छलफल तथा डेलिगेशन गरेको छ ।

    अटवा स्थित नेपाली दुताबासको कार्यालयमा गरिएको भेटघाटमा नेपाल र क्यानडाबिचको आर्थिक सम्बन्धलाई कसरी बलियो बनाउन सकिन्छ भन्ने बिषयमा छलफल गरिएको थियो, त्यसका लागि सबै भन्दा पहिले नेपालमा क्यानडाको राजदुताबास लैजान क्यानडा र नेपाल सरकारलाई लगर्नु पर्ने पर्ने कुरामा संस्थाका अध्यक्ष बिजय पौडेलले जोड दिएका थिए ।


    संथाका प्रतिनिधिहरुसंगको छलफलमा राजदुत ढुङ्गानाले आफूले पनि यो बिषय महसुस गरेको र नेपालमा क्यानडाको राज्दुताबासका लागि पहल गर्न सकियो भने नेपाल र क्यानडाको कुट्नितिक सम्बन्ध झनै राम्रो हुने, आर्थिक, सामाजिक र राजनैतीक सम्बन्ध बिकासमा टेवा पुग्ने बिचार ब्यक्त गरे । नेपालमा क्यानेडियन लगानी भित्राउन चेम्बर अफ कमर्सले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने कुरा उनले सुझाएका थिए ।

    छलफलमा क्यानेडियन सांसद डान मुइज समेत सहभागी थिए । उनले नेपालमा राजदुताबास निर्माणका लागि आफूले सकेको पहल गर्ने प्रतिबद्दता गरेका थिए । त्यस्तै संस्थाका उपाध्यक्ष लिलेन गुरुङ, महासचिब गोकर्ण लामिछाने र राजदुताबासका कर्मचारी शरद पौडेल छलफलमा सहभागी थिए ।