क्यानडाखबर संवाददाता – टोरोन्टो, क्यानडा ।
पृथ्वी नारायण शाहको ३०० औं जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसको अबसरमा क्यानडाबाट भर्चुवल कार्यक्रम आयोजना गरी मनाउने तयारी गरिएको छ ।

जनावरी ११ मंगलबार सांझको ८ बजे ‘जुम’ को माध्यमबाट हुने कार्यक्रममा नेपालबाट राष्ट्रिय प्रजातान्त्रिक पार्टिका नवनिर्वचित अध्यक्ष राजेन्द्र लिङ्देन प्रमुख बक्ताका रुपमा सहभागी हुनेछन् भने राजनितिक विश्लेशक डाक्टर सुरेन्द्र केसी र डाक्टर प्रेम सिङ बस्नेत लगाएत विभिन्न क्ष्रेत्रका अग्रजहरुलाई कार्यक्रमको बक्ताका रुपमा आमन्त्रण गरिएको आयोजक एनआरएन क्यानडाका पुर्व अध्यक्ष अनिल थापाले जानकारी दिए ।
राष्ट्र निर्माता पृथ्वीनारायण शाहको स्मरणमा बिगत केही वर्ष यता क्यानडामा यस्ता कार्यक्रम गरिदै आईएकोछ ।

