CanadaKhabar.com

Monday, August 31, 2026 -

नेपाल-क्यानडाको ‘दौत्य सम्बन्ध स्थापना’ दिवसको अवसरमा अन्तरक्रिया हुँदै

क्यानडाखबर संबाददाता – टोरोन्टो,क्यानडा ।

नेपाल – क्यानडाको ५७ औं दौत्य सम्बन्ध स्थापना भएको उपलक्ष्यमा यही मंगलबार अर्थात १८ जनवरी भर्चुअल अन्तरकृया कार्यक्रम आयोजना हुने भएको छ ।

क्यानडामा ब्यवसाय गर्दै आएका नेपालीहरुको सकृयतामा स्थापना भएको ‘फेडेरेसन अफ क्यानाडा नेपाल चेम्बर अफ कमर्स’को आयोजनामा हुन आगेको यो अन्तकृयामा कार्यक्रममा प्रमुख वक्ता क्यानाडाका लागि नेपालका राजदुत भृगु ढुङ्गाना छन् भने विशिष्ट अतिथिहरु क्यानाडाका लागि भारतको उच्चआयुक्त कार्यालयकी प्रथम सचिव तथा वाणिज्य कमिसनर जेनिफर के, क्यानाडाका लागि नेपालका वाणिज्य सल्लाहकार द्विराज शर्मा रहेका छन् ।


त्यस्तैगरी, टोरान्टोका लागि नेपालका अवैतनिक महावाणिज्यदूत डा. कुञ्जरमतिण शर्मा, क्यालगरीका लागि नेपालका अवैतनिक महावाणिज्य दूत स्टिभ हेस, पूर्व राजदूत मोहनकृष्ण श्रेष्ठ,ब्राम्टन सिटिका मेयर प्याट्रिक ब्राउन, सांसद डान मुइज, सांसद गार्नेट जिनियस छन्।


एनआरएनएन क्यानडाका अध्यक्ष दिपक गौतम, प्राध्यापक डा. तुल्सि धरेल, उद्यमी राजेन्द्र खेतान, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा लगायतले कार्यक्रम आफ्ना वक्तव्य राख्नेछन् ।


नेपाल र क्यानाडाकाबीचको व्यापारिक, कुटनैतिक तथा राजनीतिक सम्वन्ध विस्तारमा टेवा पुर्याउने उद्देश्यले यस्ता कार्यक्रम आयोजना गर्न लागिएको संस्थाका अध्यक्ष बिजय पौडेलले जानकारी दिए ।

कार्यकमको प्रत्यक्ष प्रसारण क्यानडाखबर को फेसबूक पेज मार्फत हुनेछ ।