प्रकाश क्षेत्री – क्यानाडाखवर क्यालगरी ।
क्यानाडाको क्यालगरीबासी नेपालीहरुको रिसोर्स सेन्टर निर्माण गर्ने सपना गत शनिवार पुरा भएको छ । झण्डै दशकको अथक प्रयास पछि क्यालगरिको नर्थइस्टमा निर्मित रिसोर्स सेन्टरको एक समारोहका वीच उदघाटन गरिएको रिसोर्स सेन्टर निर्माण कमिटीका संयोजक धुव्र राइले जानकारी दिएका छन ।

खुशी हुदै उनले भने “आज भन्दा झण्डै दश बर्ष अघि, हामी सवैको एउटै सपना थियो । हाम्रो आफनै कार्यालय होस । सवै कार्यक्रम यहि बाट सञ्चालन गर्न पाइयोस । एकदमै खुशी लागेको छ । आज सपना पुरा भएको छ ।”
राई भन्छन “सेन्टर निमार्णको यात्रा सजिलो पक्कै थिएन । दशक अघि सेन्टरको परिकल्पना गरि टिम निर्माण गरिए पनि सोंचे जस्तो समयमै उपलव्धी हासिल गर्न सकिएन” ।

संयोजक राई मात्र होइन । कार्यक्रमका सहभागी ७९ बर्षिय प्रेम प्रसाद अधिकारी पनि निकै खुशी भएको बताउँछन । उनी भन्छन “ नेपाली भएर गर्ने भनेकै यहि हो ।” झण्डै ५० बर्ष अगाडि भारतको बनारसमा नेपाली विधार्थीहरुलाई गोलबन्द गरेर समस्यामा परेका नेपाली तीर्थयात्रीहरुलाई सहयोग गरेको स्मरण गर्दै क्यालगरीबासी नेपालीहरुको एकता देख्दा खुशी लागेको बताए ।
करीव ५ महिना अघि सन्तान भेट्न क्यालगरी आएका अधिकारीले क्यालगरीमा नेपाली रिसोर्स सेन्टरको उद्घाटन हुँदै गरेको सुन्दा गर्वले छाती फुलेको बताए ।

दुई पटक सम्म परियोजना प्रस्ताव फेल हुँदाको समय स्मरण गर्दै नेप्लिज कम्युनिटी सोसाइटी अफ क्यालगरीका अध्यक्ष समिर पाण्डेले भने “ प्रपोजल फेल हुँदा सम्पुर्ण नेपालीभाषीहरुमा निराशा छाएको थियो । तर आज फरक खालको उत्साह र गौरव महशुश भएको छ । क्यालगरीमा हामी सिंगो नेपालीभाषीहरुको पहिचान र स्थायित्व भएको महशुश भएको छ ।”
उनी थप्छन “ संस्थाले युवा, वुद्ध तथा बालबालिका लक्ष्यित थुपै कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । आफनो कार्यालय नहुँदा निकै कठिनाई ब्यहोर्नु परिरहेको थियो । अव भने सजिलो हुने भएको छ ।”

रिसोर्स सेन्टर निर्माणलाई मुर्त रुप दिन सम्पुर्ण क्यालगरीबासीहरुको ठुलो त्याग र योगदान रहेको बताउँदै पाण्डे भन्छन “कोभिड १९ को काराणले समयमा काम सम्पन गर्न सकिएन यद्यपी आजको स्वरुपमा ल्याउन क्यालगरीबासी नेपालीहरुले पुरयाएको योगदान अतुलनीय छ । यो हाम्रो नेपाली समुदायको गर्व हो । यसलाई कसरी सिगार्ने भन्ने अर्काे चुनौती हामी माझ आएको छ । यसलाई सवैको सुझाव र सल्लाह अनुसार अगाडि बढाउने छौ ।”