CanadaKhabar.com

Sunday, May 5, 2024 -
  • क्यानडामा अर्को एनआरएन


    क्यानडाखबर संबाददाता । टोरोन्टो
    प्रवासमा रहेका नेपालीहरुको साझा संगठन एनआरएनएको चरम बिबाद बिच फुटमा परिणत भएको छ । १०औं अन्तर्राष्ट्रिय महाधिवेशनमा देखिएको विवाद र फुटले थुप्रै एनसिसी हरुमा समानान्तर कमिटीहरु बन्न थालेका छन् त्यसैको असर क्यानडामा पनि देखिएको छ । कुन्दन घिमिरेको संयोजकत्वमा २५ सदस्यीय ‘राष्ट्रिय समन्वय परिषद् तदर्थ कमिटी’ गठन गरिएको एक विज्ञप्ति मार्फत जनाइएको छ। नव गठित ‘राष्ट्रिय समन्वय परिषद् तदर्थ कमिटीको समन्वय रश्मी थापाले गर्ने पनि बिज्ञप्तीमा उल्लेख छ ।

    नवगठित संघको बैधानिक प्रकृयालाई अन्तिमरुप दिई यथाशिघ्र दर्ता सम्पन्न गर्नका लागि सबै सदस्यहरु समितिमा रहने गरी बिभिन्न तर्दथ कमिटीहरुको गठन गरिएको छ।

    बैठकले हाललाई संघको सहसंयोजकको जिम्मेवारी आशिर्बाद सुबेदी प्रदान गरेको छ भने आर्थिक नीति निर्माण समितिमा संयोजक कुशान शेर्पा र सहसंयोजक प्रतिमा प्रधान श्रेष्ठ, संस्थागत बिकास दस्ताबेजीकरण तथा मिडिया संयोजन समितिमा संयोजक सुमन पौडेल, बिभिन्न पेशागत समुह समन्वय संयोजन समितिमा संयोजक शुरेस रजौरे, सदस्यता बिस्तार जनसम्पर्क तथा प्रचार प्रशार संयोजन समितिमा संयोजक आशिरबाद सुवेदी तथा बिद्यान मसौदा तथा नितिकार्यक्रम निमार्ण समन्वय समितिको संयोजकमा सन्तोष बिश्वकर्मालाई जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको छ।