CanadaKhabar.com

Sunday, May 5, 2024 -
  • टोरोन्टोमा नेपालीहरुको बचतसमूह


    क्यानडाखबर डेस्क,

    टोरोन्टोको नर्थयोर्कमा रहेका नेपालीहरुले वचत समुह स्थापना गरि वचत गर्न शुरु गरेपछि अहिले यसकोअवधारणा निकै प्रभावकारि बन्दै गएको छ । थोरै वचत गर्दा भविष्यमा यसको परिणाम राम्रो देखिदै गएकाले पनि पछिल्लादिनहरुमा अन्य नेपालीहरुमा पनि यसप्रति चासो बढ्दै गएको छ । नर्थयोर्कमा वसोवास गर्ने महिला दिदिबहिनीको अगुवाइमा गत वर्ष क्यानडियन नेप्लिज डेभ्लोप्मेन्ट सेन्टर नामको संस्था स्थापना भएको थियो ।

    तर एक वर्ष यता टोरोन्टोका अन्य क्षेत्रमा बसोबास गर्ने नेपालीहरुको पनि सहभागिता बढ्दै गएकोले नियमित वचत गर्ने अवधारणा प्रभावकारि बन्दै गएको संस्थाकी अध्यक्ष सीता संग्रौलाले जानकारि दिनुभयो । अहिले यस संस्थाकोकार्यकाल एक वर्ष पूरा भइसकेको छ । हालै सम्पन्न पहिलो वार्षिक साधारणसभामा टोरोन्टो, मिसिसागा, ब्राम्पटन, स्कारबोरो लगायत ग्रेटर टोरोन्टोका विभिन्न स्थानबाट नेपाली प्रतिनिधिहरुको कार्यक्रममा उल्लेख्य सहभागिता रहेको थियो ।


    कार्यक्रममा प्रमुख अतिथि एनआरएनए क्यानडाका अध्यक्ष दिपक गौतमले महिला दिदिबहिनीहरुले शुरु गरेको यस अभियानले समुदायभित्र बचत गर्ने राम्रो अवसर सिर्जना गरेको भन्दै आउंदो वर्ष लगानीका थप तीन वटा योजना ल्याउनु पर्नेमा जोड दिनुभएको थियो ।

    संस्थाकी अध्यक्ष संग्रौलाको सभापतित्वमा सम्पन्न कार्यक्रममा एनआरएनए क्यानडाका उपाध्यक्ष शैलेन्द्र चापागाई, एनआरएन आइसिसी प्रतिनिधि अभिमन्यू वस्नेत, नेपाली रेडियो टोरोन्टोका संस्थापक एवं पत्रकार अनिल थापा, एनआरएनए क्यानडाका पूर्व सल्लाहाकार केदार वस्नेत, क्यानेडियन नेप्लिज महिला चौतारीकी अध्यक्ष अम्विका ज्ञवाली, घरजग्गा व्यवसायी राज महत्त, लक्ष्मण सुवेदी लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले संस्थाले गरेका कार्यहरुको प्रशंसा गर्दै लगानीका अन्य अवसरका विषयमा पनि आ आफ्नो धारणा राख्नु भएको थियो ।

    यसैगरी जयराम गौतम र मदन मैनाली सस्थाको सल्लाहकार रहनु भएको छ । पहिलो साधारणसभा सम्पन्न गर्न स्वतस्फुर्त रुपमा बिशेष सहयोग पुर्याउने राज महत्त, लक्ष्मण सुबेदी, हेमराज पाण्डे, सुमनराज कर्णिकार लगायत सवै प्रति सस्थाले धन्यबाद ब्यक्त गरेको छ ।


    कार्यक्रममा संस्थाका कोषाध्यक्ष राजु बास्कोटाले आयव्यय सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने बचत र लगानी गर्ने चाहना भएमा आफू लगायत संस्थाका अन्य प्रतिनिधिसंग सम्पर्क गर्न पनि संस्थाकी अध्यक्ष संग्रौलाले अनुरोध गर्नुभएको छ ।

    संस्थाको कार्यसमितिमा प्रतिनिधिहरुको नामावली :
    १. सीता संग्रौला अध्यक्ष
    २. कमला थापा उपाध्यक्ष
    ३. मन्जु पाण्डे सचिव
    ४.राजु बास्कोटा कोषाध्यक्ष
    ५. लक्ष्मण सुबेदी सदस्य
    ६. प्रल्हाद सिलवाल सदस्य
    ७. शान्ता थापा रायमाझी सदस्य