CanadaKhabar.com

Sunday, May 5, 2024 -
  • नेप्लिज कम्युनिटी सोसाईटी अफ क्यालगरीले पायो नयाँ नेत्रित्व

    क्यानडाखबर संवाददाता – क्यानडा ।

    क्यानडाको क्यालगरी अबस्थित नेप्लिज कम्युनिटी सोसाईटी अफ क्यालगरीको १८ औं साधारण सभा गत शनिबार सम्पन्न भएको छ। श्रीकान्त अर्यालको अध्यक्षतामा ११ सदस्यिय कार्यसमिती चयन गरिएको आयोजक संस्थाले जनाएको छ । समितीको उपाध्यक्षमा प्रकाश बस्याल, त्यस्तैगरी सचिवमा शर्मिला रानाभाट सहसचिवमा राजीव अधिकारी र कोषाध्यक्षमा बिष्णु बजगाइ निर्वाचित भएका छन् ।

    यसैगरी मिडिया कोर्डिनेटेरमा क्यानडाखबरका सम्पादक समेत रहेका पत्रकार प्रकाश क्षेत्री निर्बिरोध चयन भएका छन ।

    त्यस्तै प्रोगाम कोअर्डिनेटर पदम गौतम, कल्चरल कोअर्डिनेटर युवराज गुरुङ,युथ कोअर्डिनेटर विक्रम अधिकारी, सिनियर तथा इमिग्रेशन कोर्डिनेटर नविन हमाल र महिला कोअर्डिनेटर करुणा सेढाई संस्थाको

    कार्यसमितीमा निर्विरोध चयन भएको एनसीएससी निर्वाचन कमिटीका संयोजक अनन्त आचार्यले जानकारी दिएका छन । उनले संस्थाको नेत्रित्व आपसी छलफल र सहमतिका आधारमा गरिएको बताए । निर्बाचित नयाँ कार्यसमितिले क्याल्गरीबासी नेपाली समुदायको हितमा लागी पर्ने प्रतिबद्ता समेत गरेका छन।