CanadaKhabar.com

Sunday, May 5, 2024 -
  • क्यानडामा तेस्रो वार्षिक उत्सब मनाउदै माउन्ट एभरेष्ट टिभी

    क्यानडाखबर डेस्क – टोरोन्टो, क्यानडा ।

    क्यानडामा विगत ३ वर्ष देखी नेपाली समुदायलाई सुचना र समाचार प्रवाह गर्दै आईरहेको माउण्ट एभरेष्ट टेलिभिजनले आफ्नो स्थापना दिवसको अबसर पारेर एक बिशेष कार्यक्रम आयोजना गर्न लागेको छ । क्यानडाले हरेक वर्ष जुलाई १ लाई ‘क्यानडा डे’ को रुपमा मनाउने गर्छ । यो क्यानडाको १५५ औ जन्म उत्सव हो यसै दिनको अबसर पारेर माउन्ट एभरेष्ट टेलीभिजनले आफ्नो स्थापना दिवस मनाउदै आईरहेको छ ।

    मिसीसागास्थित स्थित पर्ल बैंकेट एण्ड कन्भेन्सन सेन्टरमा आयोजना गरिने कार्यक्रमको बिषेश आकर्षण नेपाली लोक संगितका धरोहर चर्चित लोक गायक पुरुषोत्तम न्यौपानेको प्रस्तुती रहनेछ उनलाई लोक गायिका देवीका केसी र रिता बुर्लाकोटीले सघाउने छन् ।

    कार्यक्रममा जिटिए आसपासमा रहेका नेपाली समुदायका प्रतीनिधीहरु, विभिन्न पेशा र ब्यवसाय गर्दै आएका नेपालीहरु, समाजसेवी,कलाकार,पत्रकार लगाएत सबै सर्वसाधारणहरुलाई ‘विशेष सांगितिक सांझमा’ मा सहभागी हुन टेलिभिजनका संचालक बसन्त कार्कीले अनुरोध गरेका छन् ।
    कार्यक्रममा क्यानडाखबरका प्रधान सम्पादक संचारकर्मी गोकर्ण लामिछानेलाई ‘बासु स्‍मृति पत्रकारिता पुरस्कार’ प्रधान गरीने आयोजकले बताएको छ । समाजसेवी तथा सिपिए स्वर्गिय बासु लम्सालको सम्झनामा पुरस्कार दिन लागिएको हो ।

    कोभिद १९ को महामारीको समय बिशेष सकृय हुँदै प्रवासमा रहेका नेपालीहरुलाई इन्टरनेटको माध्यामबाट विभिन्न सुचना, जानकारी र समाचार प्रवाह गर्दै आएको माउण्ट एभरेष्ट टेलिभिजनले आफ्नो वार्षिक उत्सबकै दिन पारेर अनलाइन रेडियो पनि सुरुवात गर्ने भएको छ ।