सेप्टेम्वर १, क्यानाडाखवर.कम, क्यालगरी
नेपाली रेडियो क्यालगरीको स्थापना दिवस तथा चौथो बार्षिकोत्सव आइतवार सम्पन्न भएको छ । क्यानाडाको क्यालगरीबाट निरन्तर प्रशारण भैरहेको नेपाली रेडियो क्यालगरी आइतवार बाट ५औ बर्षमा प्रवेश गरेको छ ।

नेपाली रेडियो क्यालगरीले स्थापनाको चार बर्षमा २०९ औ ऋखला प्रशारण गर्न सफल भएकोमा खुशी व्यक्त गरिएको थियो ।
कार्यक्रममा बोल्दै नेप्लिज कम्युनिटी सोसाइटी अफ क्यालगरीका भुतपुर्व अध्यक्ष धुव्र राईले विदेशी भुमिमा नेपालीहरुको आफनै भाषामा रेडियो कार्यक्रम सुन्न पाउँदा निकै गर्व लागेको बताए ।

त्यस्तै संस्थाको वोर्ड अफ एडभाइजर घनेन्द्र न्यौपानेले ५ औ बर्ष प्रवेशको शुभकामना दिदै नेपाली रेडियो क्यालगरीले क्वान्टिीटी संगै कवालिटीमा पनि ध्यान दिनुपर्ने बताए ।

स्थापना दिवसको शुभकामना दिदै नेपाली रेडियो क्यालगरीका शुभचिन्तक तथा नियमित श्रोता नारायण भट्टराईले कोभिडको समयमा पनि रेडियो निरन्तर सञ्चालन गर्न सकेकोमा रेडियो टिमलाई धन्यावाद दिएका थिए ।
यस संगै मंगलबार राती प्रशारण हुदै आइरहेको नेपाली रेडियो क्यालगरी अव भने शनिवार विहान ८ बजे प्रशारण हुने नेपाली रेडियो क्यालगरीका कार्यक्रम संयोजक सुर्य अधिकारीले जनाएका छन ।
कार्यक्रम नेप्लिज कम्युनिटी सोसाईटी अफ क्यालगरीका अध्यक्ष श्रीकान्त अर्यालको सभापतित्व तथा मिडिया कोर्डिनेटर प्रकाश क्षेत्रीको संयोजनमा सम्पन्न भएको थियो ।

कार्यक्रममा नेप्लिज कम्युनिटी सोसाइटी अफ क्यालगरीका परियोजना प्रमुख गोपाल भट्ट, नेपाली रेडियो क्यालगरीका पुर्व संयोजक कुशुम ज्ञवाली, व्यवसायी छवि अर्याल, नेपाली रेडियो क्यालगरीका वोर्ड अफ एडभाइजर अरुण लामा, रेडियो कार्यक्रम संचालक रमेश बस्नेत, विण्णु बस्याल लगायतले शुभकामना दिएका थिए ।