
१२ डिसेम्वर, क्यानाडाखवर.कम ।
क्यानाडाको क्यालगरीमा क्रियाशील नेपालीहरुको संस्था नेप्लिज कम्युनिटी सोसाइटी अफ क्यालगरी (एनसीएसी) को पहिलो संस्थागत रणनीतिक योजना गोष्ठी शनिवार सम्पन्न गरेको छ ।

संस्थाका हालसम्मका गतिविधि र यसका उपलव्धीहरुलाई मापन गर्दै संस्थाको भावी कार्यदिशा तय गर्ने उद्देश्य सहित कार्यक्रमको आयोजना गरिएको संस्थाका अध्यक्ष श्रीकान्त अर्यालले क्यानाडाखवरलाई बताएका छन ।
उनले संस्थाको भावी कार्यक्रम के हुने, कसरी र कुन रुपमा अगाडि बढ्ने भन्ने कुराको गोष्ठीले व्लुप्रिन्ट तयार गरेको समेत बताएका छन ।

एनसीएसी संग आवद्ध झण्डै ५० जनाको सहभागीता रहेको गोष्ठीमा संस्थाको बर्तमान भिजन, मिसन, लक्ष्य र उद्धेश्यलाई समिक्षा गर्दै संस्थाको रणनीतिक योजना तयार गर्न महिला तथा बालबालिका, न्युइमिग्रेन, सिनियर सिटिजन, युवा तथा खेलकुद, मिडिया एण्ड पार्टनरसीप लगायत बिषयमा समुहगत छलफल चलाइएको थियो ।

रणनीतिक योजना तर्जुमा गोष्ठी संस्थाको लागि नयाँ अभ्यास भएको र यसबाट आएका उपलव्धीलाई सानो समुहमा छलफल गरि रणनीतिक योजनालाई फाइनल गरिने संस्थाका कार्यक्रम संयोजक तथा रणनीतिक योजना तर्जुमा गोष्ठीका डिजाइनर (सहजकर्ता) गोपाल भट्टले जनाएका छन ।

रणनीतिक योजनाले तय गरेको दिशामा एनसीएससीका भावी कार्यक्रम अगाडि बढाउन सहभागीहरुले सुझाव दिएका छन ।