CanadaKhabar.com

Sunday, May 5, 2024 -
  • ब्राम्टोनको पार्कलाई नेपाली नामाकरण गर्न माग

    क्यानडाखबर संबाददाता – टोरोन्टो, क्यानडा ।

    क्यानाडाका नेपालीहरूको साझा संस्था नेप्लिज कम्युनिटी नेटवर्क अफ क्यानाडा (एनसिएनसी)को टोलीले ब्राम्टोन सिटिका मेयर प्याट्रिक ब्राउनसँग मंगलबार औपचारिक भेट गरेको छ । भेटमा नेपालको पहिचान झल्कने गरी शहरमा हुने पार्कको नामाकरण गरिदिन टोलीले आग्रह समेत गरेकोछ ।

    मेयर ब्राउनले टोलीको आग्रहलाई कुनै न कुनै हिसाब सम्बोधन गर्ने र यसको पूर्ण तयारीका लागि छिट्टै नै अर्को मिटिङ लागि निमन्त्रणा गर्ने प्रतिबद्दता गरेका थिए ।

    ब्राउनले आफ्नो चुनावी अभियानहरुमा नेपाल र नेपालीको खुवै प्रसंशा गर्ने गरेका थिए । उनका बाबु कुनै समय नेपाल पुगेको र आफू पनि मौका मिले नेपाल जाने चर्चा बेलाबेला उनले गरिरहेकै हुन्छन ।
    ब्राउनको चुनावी अभियानमा सक्रिए नेपाली युवा ब्यावसायी बिजय पौडेलको पहलमा गरिएको भेटघाटमा संस्थाका चेयरम्यान पशुपति पोखरेल, प्रेसिडेन्ट नरबहादुर क्षेत्री, महासचिव भूमिराज घिमिरे, निर्देशक भाष्कर झा, रमेश धिताल र गोपाल श्रेष्ठको उपस्थिति थियो।