CanadaKhabar.com

Saturday, May 4, 2024 -
  • एनसिएसीको राहत तथा क्रिसमस उपहार

    २९ डिसेम्वर, क्यानाडाखवर.कम ।
    नेप्लिज कम्युनिटी सोसाइटी अफ क्यालगरीले क्रिसमस तथा नयाँ बर्षको अवसर पारि क्यालगरीका सय बढी आर्थिक रुपमा कमजोर परिवारलाई राहत तथा क्रिसमस उपहार प्रदान गरेको छ ।


    संस्थाले नर्थइस्ट क्यालगरी मदर ग्रुप संग आवद्ध ७० परिवार, क्यानेडियन पाकिस्तानी सपोट ग्रुप अन्तर्गतको विमेन सेल्टरका ७ जना आमा र तिनका बालबच्चा, नेपाली एकल महिलाहरु, नेपाली सिनियर सिटिजनहरु लगायत सय बढी आर्थिक रुपमा कमजोर घरपरिवारलाई क्रिसमस तथा नयाँ बर्षको उपलक्ष्यमा राहत तथा क्रिसमस उपहार वितरण गरेको हो ।


    त्यस्तै संस्थाले नेपाली पाठशाला र नेपाली रेडियो क्यालगरीका गरि झण्डै १५ जना स्वंम सेवकहरुको निरन्तर सहयोगको उच्च मुल्याँकन गर्दै क्रिसमस उपहार प्रदान गरेको छ । नेपाली कम्युनिटी सोसाइटी अफ क्यालगरी संग आवद्ध झण्डै ५० घरपरिवारको सहयोगमा राहत तथा क्रिसमस उपहार संकलन गरिको संस्थाकी सचिव तथा राहत संकलन तथा वितरण कार्यक्रमकी संयोजक सर्मिला रानाभाटले जानकारी दिएकी छन ।


    उनले एनसिएससीले सामाजिक दायित्वलाई फराकिलो पार्न संस्थालाई नेपाली समुदायमा मात्र केन्दित नगरि अन्य समुदायसंग पनि जोडिन आवश्यक रहेको भन्दै नर्थइस्ट क्यालगरी मम र क्यानेडियन पाकिस्तानी सपोट ग्रुपसंग सहकार्य गरिएको बताइन ।


    यसैको निरन्तरता तथा संस्थाको आउटरिच कन्ट्रिव्युसन अन्तर्गत १० जना स्वंम सेवकहरुले क्यालगरी फुड बैंकमा सहयोग गरिने संस्थाका अध्यक्ष श्रीकान्त अर्यालले बताएका छन ।