क्यानडाखबर संवाददाता । टोरोन्टो, क्यानडा
नेपालको पोखरामा विमान दुर्घटनामा ज्यान गुमाउनेहरुको सम्झनामा क्यानडाको लण्डनमा दिपज्वलनहवायी दुर्घटानामा परि ज्यान गुमाउनेहरुको सम्झनामा क्यानडाको लन्डनमा दिपज्वलन गरिएको छ ।
‘नेप्लिज कम्युनिटी अफ लन्डन’को आयोजनामा गत शनिबार सांझ लण्डन बस्दै आएका नेपालीहरु एकै ठाउँमा भेला भएर हात- हातमा क्यान्डल दिप बालेर दुर्घटनामा ज्यान गुमाउने हरुको स्मरण गरिएको कम्युनिटिका सदस्य शिव डल्लाकोटीले जानकारी दिए ।

गत जनावरी १५ मा काठमाडौबाट ७२ यात्रु बोकेर पोखरा उडेको यती एयरको फ्लाइट ६९१ विमानस्थलमा अबतरण गर्न केही सेकेण्ड मात्र बाँकी रहदा दुर्घटनामा परेको थियो ।
