CanadaKhabar.com

Thursday, May 2, 2024 -
  • ब्राम्टोन सिटीले पारित गर्‍यो ‘सगरमाथा पार्क’

    क्यानडाखबर संबाददाता
    टोरोन्टो, क्यानडा ।

    सिटी अफ ब्राम्टनले एउटा एतिहासिक महत्वपूर्ण निर्णय गरेकोछ । बुधबार नगर सभा (सिटी काउन्सिल)को बैठकमा ब्राम्पटनका मेयर प्याट्रिक ब्राउनले ‘सगरमाथा’ नाम प्रस्ताव गरेपछि सर्वसम्मत रुपमा पारित भएको हो। नेपाली संघ – संस्थाहरु बिच पार्क नामाकरणको बिषयमा लामो समयदेखि छलफल चलेको थियो ।


    युवा ब्यावसायी बिजय पौडेलले केही महिना अगाडी देखी ब्राम्टोन सिटीसंग लभिङ गर्दै आएका थिए भने नेपालीहरुको पुरानो संस्था एनसिसीएनसीका प्रतिनिधिहरुले सिटीसंग पहल गर्दै आएका थिए ।


    सिटिले ब्राटोनको साउथमा रहेका पार्कहरु मध्य कुनै एक पार्कलाई ‘सगरमाथा’ पार्क नामाकरण गर्ने बताएको छ ।

    पार्कका बिषयमा आफ्ना भनाई राख्दै युवा ब्याबसायी एफसीएनसीसीका अध्यक्ष बिजय पौडेल ।

    सामुहिक तस्विरमा प्रतिनिधिहरु ।

    फोटो स्रोत : बिजय पौडेल

    हलमा के भएको पुरा भिडियो हेर्न तलको लिङ्क क्लिक गर्नुहोस् ।