CanadaKhabar.com

Sunday, April 28, 2024 -
  • रक्तसंचार बस सहयोगार्थ अल्बटामा सांस्कृतिक कार्यकम सम्पन्न

    क्यानडाखबर डेस्क
    क्याल्गरी, अल्बटा ।

    नेपालको प्रदेश नं – १ कोशी प्रदेशका लागी रक्त संचार बस सहयोगार्थ एनआरएनए अल्बटा क्यानडाले आयोजना गरेको “रमाईलो साँझ” कार्यक्रम सम्पन्न भएकोछ । निःशुल्क प्रवेश राखिएको उक्त कार्यक्रममा करिव २००० डलर संकलन भएको थियो ।

    कार्यक्रममा एनआरएनए क्यानडाका पुर्व उपाध्यक्ष तथा यस कोशी प्रदेश वल्ड बस परियोजना का केन्द्रीय सचिव माधव दुलाल ले कार्यक्रम संचालन गरेका थिए । ६० लाख संकलन गर्ने योजना बनाइएको परियोजनामा करिव ३५ लाख संकलन भैसकेको र वाकी २५ लाखको लागी सहयोग खुल्ला रहेको जानकारी आयोजकले दिएका छन् ।

    मार्च अन्तिम सम्ममा बाँकी रकम संकलन गर्ने योजना रहेको यस परियोजनाका क्यानडा सचिब सन्तोष दाहालले बताए ।

    कार्यक्रममा एनआरएनए क्यानडाका सभापति संम्राट थापा, एनसीएससी का पुर्व अध्यक्षहरु समिर राज पान्डे र ध्रुव राई लगायत विभिन्न संम्थाका प्रतिनिधीहरुको पनी उपस्थिति थियो।

    उक्त कार्यक्रममा गायक युवराज गुरुङ, धुर्व राई, प्रकाश वस्याल, लगायतका स्थानिय कलाकारहरुले मिठो साँगितिक प्रतुती दिएका थिए ।

    कार्यक्रममा एनआरएन अल्बटाका संयोजक वावुराम वानियाले स्वागत मन्तव्य राखेका थिए भने NCSC क्यालगरी का अध्यक्ष श्रीकान्त अर्यालले उपस्थित सबैलाई धन्यवाद ब्यक्त गरेका थिए ।

    उक्त कार्यक्रमका लागी NCSC क्यालगरी ले निःशुल्क भवन उपलब्ध गरायको थियो।