CanadaKhabar.com

Saturday, May 4, 2024 -
  • क्यानडाको ब्राम्टोनबाट जगन सापकोटा,कमल ज्ञावली र दुर्गानाथ खरेल बिजयी

    क्यानडाखबर न्युज डेस्क
    टोरोन्टो, क्यानडा ।

    गैर आवासीय नेपाली संघ (एनआरएनए) क्यानडाको निर्वाचनमा ब्राम्टोन सिटिबाट जगन सापकोटा,कमल ज्ञावली र दुर्गानाथ खरेल निर्वाचित भएका छन् ।

    एनआरएनए क्यानडा, निर्वाचन कमिटिले भरखरै सार्वजनिक गरेको नतिजा अनुसार जगन सापकोटाले ५७२ कमल ज्ञावलि ५५० र दुर्गानाथ खरेलले ४४० मत लिएर बिजयी भएका छन् ।

    ब्रामटोन क्यानडाकै सबैभन्दा बढी सदस्यहरु भएको राईडिङ हो । पहिलो पटक क्यानडाले अनलाईन प्रणालीबाट निर्वचन गराएको हो । यस अघी नै ब्राम्टोन राइडिङबाट शान्ता रायमाझी र सबिना खड्का निर्विरोध बिजयी भईसकेका थिए ।