CanadaKhabar.com

Saturday, May 4, 2024 -
  • एनआरएनए क्यानडाको अध्यक्षमा माधब दुलाल निर्वाचित

    क्यानडाखबर न्युज डेस्क
    टोरोन्टो, क्यानडा ।

    गैर आवासीय नेपाली संघ (एनआरएनए) क्यानडाको अध्यक्षमा माधब दुलाल निर्वाचित भएका छन् । पहिलो पटक प्रत्यक्ष प्रणालीमा गरिएको निर्वाचन प्रकृयामा करिब ४ हजार सदस्यहरुले मतदान गरेका थिए ।

    अध्यक्ष पदमा माधव दुलाल, लक्ष्मी पाठक र लक्ष्मण अधिकारीले आफ्नो उम्मेद्बारी दिएका थिए । भर्खरै सार्वजनिक भएको नतिजा अनुसार बिजयी माधव दुलालले १४८३,लक्ष्मी पाठकले १२६५ र लक्ष्मण अधिकारीले ७४२ मत ल्याएका थिए ।

    अनलाईन मार्फत गरिएको निर्वाचनमा ९०% सदस्यहरु सहभागि भएका निर्वाचन कमिटीले जनाएको छ ।

    यससंगै महासचिबमा चन्दा अधिकारी, कोषाध्यक्षमा बिद्याभुषण कार्की र युवा संयोजकमा प्रतिक भण्डारी निर्वाचित भएका छन् । यस अघी नै उपाध्यक्ष र महिला संयोजक निर्विरोध निर्वाचित भईसकेका छन् ।

    यससंगै महासचिबमा चन्दा अधिकारी, कोषाध्यक्षमा बिद्याभुषण कार्की र युवा संयोजकमा प्रतिक भण्डारी निर्वाचित भएका छन् । यस अघी नै उपाध्यक्ष र महिला संयोजक निर्विरोध निर्वाचित भईसकेका छन् । आईसिसी सदस्यमा हेमराज पाण्डे, भानु सिवाकोटी, भुवन खनाल र सुनन्द सुबेदी निर्वाचित भएका छन् ।