CanadaKhabar.com

Saturday, May 4, 2024 -
  • एएनए को उपाध्यक्षमा क्यानडाबाट सन्तोष दाहाल निर्वाचित

    क्यानडाखबर संबाददाता
    टोरोन्टो डेस्क ।

    एशोसियसन नेप्लिज इन अमेरिकाज ( एएनए ) ले नयाँं कार्यसमितीलाई भर्खरै पूर्णता दिएको छ ।
    केही महिना अघी खगेन्द्र अधिकारीको अध्यक्षतामा नयाँ कमिटी तया भएको थियो ।

    नयाँ कार्यसमितीको पूर्णता दिने क्रममा क्यानडाबाट संस्थाको उपाध्यक्षमा समाजसेवी तथा युवा ब्याबसायी सन्तोष दाहाल निर्वाचित भएका छन् । उनैको नेत्रित्वमा क्यानडाबाट एएनएको उर्जाशिल टिम निर्माण गरिएको छ । सह- सचिबमा कमल भट्टराई, सह- कोषाध्यक्षमा ॠषि ओझा,महिला संयोजकमा प्रियान्जय ढुङेल त्यस्तैगरी बोर्ड अफ डिरेक्टरमा भानु सिवाकोटी, अनिल राई,नेत्र अंगाई, निर्मला पन्थी दाहाल, प्रतिमा क्षेत्री, दिपक भट्ट निर्वाचित भएका छन् ।


    यसैगरी, बरिष्ठ समाजसेवी, वरिष्ठ बुद्धिजीवी र क्यानडाली नेपाली डायसफोराका विशिष्ट सामाजिक व्यक्तित्वहरू क्यानाडाबाट सल्लाहकार बोर्डमा नियुक्ती भएका छन् । प्रोफेसर डाक्टर बासु शर्मा, डाक्टर दिनेश धरेल, डा. करुन किशोर कार्की, डा. गोविन्द दाहाल, डा. खेम दाहाल र चित्र प्रधान क्यानडाबाट सल्लाहकारमा नियुक्ती भएका छन् ।

    बिशेषगरी युनाइटेट स्टेट र क्यानडा बसोबास गर्ने नेपालीहरुको साझा संगठन एएनएले नेपाली समुदायलाई युनाइटेड गर्दै नेपाल भाषा संस्क्रिती र पहीचानलाई अमेरिका स्थापित गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएकोछ ।

    एएनए सन् १९८३ मा अमेरिकामा स्थापना भएको सबै भन्दा पुरानो नेपाली संस्था हो ।