CanadaKhabar.com

Saturday, April 27, 2024 -
  • एनआरएनएको अधिबेशनमा क्यानडाबाट अभिमन्यु बस्नेत बिजयी

    क्यानडाखबर न्युज डेस्क
    काठमाडौं ।

    गैर आवासिय नेपाली संघको निर्वाचन भर्खरै सकिएको छ । बिभिन्न बिबादका बिच सम्पन्न अधिवेशले नयाँं नेत्रित्वलाई निर्वाचित गरेको छ ।

    यसै बिच एनआएएनको एघारौ अन्तराष्ट्रिय अधिवेशनमा क्यानडाबाट थुप्रै उम्मेद्वारहरुले विभिन्न पोष्टमा आ-आफ्नो उम्मेद्बारी दिएका थिए ।

    त्यसमध्य सह- कोषाध्यक्षका उम्मेद्वार अभिमन्यु बस्नेत बाहेकका अन्य उम्मेद्वारहरुले बिजयी हासिल गर्न सकेनन् । क्यानडाबाट उपाध्यक्ष,महिला सचिव, सह – कोषाध्यक्ष, महिला संयोजक र नर्थ अमेरिका संयोजकमा उम्मेद्वारी परेको थियो ।

    बिजयी बस्नेत भने एनआरएनए स्थापना काल देखिनै सकृय अभियान्ता हुन् , उनी विश्वभरका मतदाताबाट २०८० भोट प्राप्त गरेर निर्वाचित भएका थिए ।

    रोचक कुरा त के छ भने निर्वाचन प्रकृयामा भोटिङ सिस्टमबाट बिजयी हुने बस्नेत क्यानडाकै पहिलो बिजयी आईसीसीका पढाधिकारीका रुपमा ईतिहास नै रचेका छन् ।