CanadaKhabar.com

Sunday, April 28, 2024 -
  • नेपालमा टिकटक बन्द गर्ने सरकारी निर्णय

    २७ कात्तिक, काठमाडौं ।

    नेपाल सरकारले सामाजिक सञ्जल टिकटक एप प्रयोग गर्न बन्द गर्ने निर्णय गरेको छ ।

    आज बसेको मन्त्रिपरिषद बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको सरकारको प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिईन् । टिकटकबाट सामाजिक सद्‍भाव विगार्ने काम गरेकाले त्यसलाई बन्द गर्ने निर्णय गरिएको हो ।
    पछील्लो समय धेरै मानिसहरु टिकटकमा अत्याधिक धेरै ब्यस्त रहने गरेको पाईएको छ ।

    टिकटक नेपालमा नभएर अन्य देश भारत, अष्ट्रेलिया, बेल्जियम क्यानडा,नर्वे, न्यूजिल्याण्ड. डेनमार्कलगायतका देशले पनि टिकटक बन्द गरेका छन् (सरकारी डिभाइसहरुमा मात्र)