CanadaKhabar.com

Wednesday, May 15, 2024 -
  • एनसीएनसीमा नयां नेतृत्व : अध्यक्षमा दिनेश खतिवडा

    क्यानडाखबर डेस्क
    टोरोन्टो क्यानडा ।

    क्यानडा बसोबास गर्ने नेपालीहरुको पुरानो संस्था नेप्लिज कम्युनिटी नेटवर्क अफ क्यानडा (एनसीएनसी ) नयाँ नेतृत्व पाएको छ । आइतबार भएको वार्षिक साधारण सभाले सर्वसम्मत रुपमा नयाँ नेतृत्वको चयन गरेको हो ।

    साधारण सभाबाट युवा ब्यबसायी, समाजसेवी दिनेश खतिवडा अध्यक्षमा निर्वाचित भएका छन् । त्यस्तै गरी उपाध्यक्षमा बेदनिधी गौतम, महासचिवमा रामकृष्ण रेग्मी, सचिवमा दुर्गानाथ खरेल, कोषाध्यक्षमा गोपाल श्रेष्ठ निर्वाचित भएका छन् ।

    १५ सदस्यीय कार्यसमितीमा दिलु केसी पुन, सागर गुरुङ, राम माया घिमिरे, गणेश खड्का, अनिशा बगाले, घनश्याम भट्टराई, कृष्ण केसी कुवंर, मधु देवकोटा, प्रणय आचार्य र मुकेश कुमार बरुवालले जिम्मेवारी समालेका छन् ।

    कार्यसमितीमा रहेर काम गर्न २८ जनाले उम्मेद्बारी दिएका थिए, १३ जना उम्मेद्वारले चुनाव नगरी सहमतीमै नयाँं टिम तयार गर्न बाटो खोलिदिए पछी निर्वाचन प्रकृया टरेको थियो ।

    झन्डै पांच सय सदस्य आबद् रहेको यो संस्था सन्न १९९३ मा किरण ढुङ्गानाले सुरु गरेका थिए ।