CanadaKhabar.com

Wednesday, May 15, 2024 -
  • पदमको ‘कालो कपाल रातो रिबन’ सार्वजनिक

    क्यानडाखबर डेस्क
    टोरोन्टो क्यानडा ।

    क्यानडामा रहदै आएका गायक पदम भट्टराईको नयाँ गीत ‘कालो कपाल रातो रिबन’ सार्वजनिक गरिएको छ । गायक भट्टराईले आफ्नै युट्युब च्यानलबाट गत शनिबार भिडियो सार्वजनिक गरेका हुन् । यो गीतमा उनलाई रेश्मा पुनले गायनमा साथ दिएकी छिन् भने गीतमा एसडी योगीको संगीत रहेको छ । अविरल विष्टको शब्द रचना रहेको यो गीतको रिकेश गुरुङ गीतका एरेञ्जर हुन् ।

    युमी बालामीको निर्देशन तथा कोरियोग्राफी रहेको गीतमा पिटर गुरुङको छायांकन तथा विष्णुहरी तिमल्सिनाको सम्पादन छ । गीतको भिडियोमा भने अभिनेता किरण श्रेष्ठ र अभिनेत्री तथा मोडल एलिसा शर्माले अभिनय गरेका छन् ।

    प्रवासमा रहेर पनि नेपाली गीत संगीतलाई अती नै माया गर्ने भट्टराईका आधी दर्जन भन्दा बढी गीत बजारमा आईसकेका छन् ।