CanadaKhabar.com

Wednesday, May 15, 2024 -
  • दर्पण छांया भन्दै आए गायक बुद्धि अधिकारी

    क्यानडाखबर डेस्क
    क्यालगरी
    क्यानडा ।

    क्यानडाको क्यालगरी बसोबास गर्दै आएका युवा ब्यवसायी तथा गायक बुद्धि अधिकारीको दोस्रो नयाँ गीत ‘दर्पण छांया’ गत हप्ता सार्वजनिक भएको छ ।
    चर्चित गायिका रचना रिमाल त बुद्दी अधिकारीको आवाज रहेको गीतमा राजकुमार बगरको शब्द,संगीत रहेको छ, गीतको एरेन्ज नरेन्द्र वियोगीले गरेका हुन् । जसमा चर्चिटिकटकरत उषा उप्रेती,सुरेश कोहलीको नृत्य देख्न सकिन्छ । डान्सिङ शैलीमा तयार गीतको भिडियोमा केही कोरस समेत प्रयोग भएको छ ।

    गीतको भिडियोमा उषा उप्रेती,सुरेश कोहलीको अभिनय देख्न सकिन्छ भने अजय रेग्मीको छायांकन,अमृत चापागाईंको सम्पादन छ । भिडियोलाई कुमार केसीले निर्देशन गरेका हुन् ।


    यो गीत गायक बुद्दी अधिकारीको आफ्नै युटुब च्यानलमा हेर्न सकिन्छ ।