CanadaKhabar.com

Tuesday, May 21, 2024 -
  • ‘मेरो आँखांमा तिमी छौ’ भन्दै आए गायक सुरज आचार्य

    क्यानडाखबर डेस्क
    टोरोन्टो क्यानडा ।

    नव गायक सुरज आचार्यले आफ्नो नयां गीत ‘मेरो आँखांमा तिमी छौ’ सोमबार सांझ सार्वजनिक गरेका छन्। क्यानडा बसोबास गर्दै आएका गायक आचार्य र प्रकाश शर्मा आचार्यको शब्द रहेको यो गीतमा म्युजिक उदय राज पौडेलको छ ।


    क्यानडामा तयार पारीएको म्युजिक भिडियोमा गायक स्वयम सुरज आचार्य, मन्नु विश्वकर्मा, रोजिन दाहाल, एलोन आचार्य र समराज पौडेलको अभिनय रहेको छ । प्रेमकुमार भारतीको निर्देशन रहेको गीतमा सुजन लिम्बुको छायांकन तथा नबिन निरौलाको सम्पादन छ ।


    पारिवारिक बेसमा तयार पारीएको उक्त गीतको म्युजिक भिडियो गायकको आफ्नै युटुब च्यानलमा हेर्न सकिनेछ ।