CanadaKhabar.com

Saturday, September 21, 2024 -
  • ट्रिलियम फाउडेशनले आयोजना गर्न लागेको ‘ तिज फेस्टिभल २०२४ ‘ को तयारी पुरा

    क्यानडाखबर संवाददाता
    टोरोन्टो क्यानडा ।

    नेपाली महिलाहरुको ठुलो पर्व तिजको अवसरमा सामाजिक काममा अग्रसर संस्था त्रिलियम फाउडेशनले आयोजना गर्न लागेको ‘ तिज फेस्टिभल २०२४ ‘ को तयारी पुरा भएको छ । झन्डै ७०० जना कार्यक्रममा सहभागी हुने आयोजकले लक्ष्य राखेको छ।

    कार्यक्रमको मुख्य आकर्षण गायिका मिना निरौलाको प्रस्तुती रहने र उनी आफ्नो प्रस्तुतिका लागि अमेरिकाबाट ल्यानडा आईसकेको संस्थाका अध्यक्ष लिलेन गुरुङले बताए ।

    कार्यक्रममा सहभागी हुनेले बिशेष फोटोसुटको अबसर पाउने छ, विभिन्न संस्कृती झल्कने पोशाकमा आएका सहभागीले फेशन सो’ गर्ने तयारी समेत आयोजकले गरेकोछ ।

    कार्यक्रममा युवा बिद्यार्थीको प्रतिभालाई पनि ठाउँ दीईने ,विषेश गरी डान्सर, सिङगर र म्युजिसियनलाई स्थान दीईने छ । मौलिक तरिकाले लाइभ लोक गीत गाएर नेपाल कै झल्को दिने तयारीपनी आयोजकको छ ।

    नेपालको कला संस्कृती र परम्परालाई झल्काउने र यसलाई प्रवासमा बचाई राख्न यस्तो कार्यक्रम आयोजना गरीएको संस्थाका अध्यक्ष गुरुङले बताए ।

    दोस्रो पटक आयोजना गर्न लागिएको यो कार्यकम बाहेक अन्य थुप्रै सामाजिक उत्प्रेरणा जगाउने कार्यक्रम संस्थाले गर्दै आईरहेको छ ।