अमेरिका । नेपाल अमेरिका एकता समाज र ८८४८ इन्टरटेनमेन्ट को आयोजनामा मार्च २ तारिखका दिन अन्तरक्रिया कार्यक्रम गरिने भएको छ ।
अमेरिकाको लस एंजलस,क्यालिफोर्नियास्थित श्री पशुपतिनाथ एण्ड बुद्ध मन्दिरमा आयोजित कार्यक्रममा इमिग्रेशन लयर यज्ञ नेपाल, सीईओ एबीएसई ट्याक्स का राजेन्द्र शिवाकोटी र रिटेलर–इञ्जिनियर रिशव पौडलसँग अन्तरक्रिया गर्न लागिएको हो ।
त्यस क्षेत्रमा नेपालीहरुले भोग्दै आएको विभिन्न समस्या र हाल ट्रम्प सरकार मा देखिएको परिवर्तन को सवालहरुका बारेमा कार्यक्रममा अन्तरक्रिया गरिने नेपाल अमेरिका एकता समाजका अध्यक्ष अर्जुन पौडेलले बताए ।
कानूनी, वित्तीय र घरजग्गा मामिलाहरू जस्ता महत्वपूर्ण विषयमा छलफल हुने कार्यक्रममा उपस्थितिका लागि आयोजक संस्थाले निमन्त्रणा गरेका छन् ।
