CanadaKhabar.com

Thursday, February 20, 2025 -
  • गुञ्जदै नेपाली सङ्गीत विश्वमाझ; टोरोन्टोमा हुँदै ‘हिमालयन भाइब्स साङ्गितिक सांझ’

    बिजय अधिकारी
    टोरन्टो, क्यानडा – नेपाली संगीतको मधुर धुन, संस्कृतिको गौरव, र धर्मको संरक्षणलाई सँगै जोड्ने प्रयासस्वरूप हिमालयन भाइब्स र पशुपतिनाथ तथा बुद्ध मन्दिर, स्कारबोरो टोरोन्टोको, संयुक्त आयोजनामा एक भव्य सांगीतिक साँझको आयोजना हुँदैछ।
    नेपाली धर्म र संस्कृतिको धरोहरको रुपमा रहेको स्कारबोरोमा अवस्थित “पशुपतिनाथ तथा बुद्ध मन्दिरको संस्थागत विकास र हितका लागि सहयोग हुने अपेक्षाले उक्त कार्यक्रम आयोजना गर्न लागिएको हो।
    हिमालयन भाइब्सका एवं वाध्यबधाक वरिष्ठ वाद्यवाधक सानुराजा महर्जनले यो साँझ नेपाली संगीतप्रेमीहरूको लागि मात्र होइन, नेपाली कला, संस्कृतिको संरक्षणका लागि समेत एक ऐतिहासिक कोशेढुङ्गा रहने बताएका छन् । उनले संगीतलाई माध्यम बनाएर नेपाली परम्परा र पहिचानलाई प्रवासमा यसैगरी बचाइराख्ने बाताए ।

    कार्यक्रममा हिमालयन भाइब्सका कलाकारहरूको विशेष प्रस्तुति रहनेछ। कार्यक्रम संयोजक मोहन थापाका अनुसार, प्रवासमा हुने यी यस्ता साङ्गितिक कार्यक्रमहरुले हाम्रो नेपाली संस्कृति संरक्षण मात्र नभई, नयाँ पुस्ताहरुमाझ पुस्तान्तरण गर्न टेवा पुग्ने र हामीलाई हाम्रो जरा र संस्कृतिसँग जोड्न मद्द्त पुग्नेछ ।

    यसैगरि पशुपतिनाथ तथा बुद्ध मन्दिर , स्कारबोरोका सचिव निल पौडेलले नेपाली कला, संस्कृति, र धार्मिक परम्पराहरूलाई जोगाउन यस्ता कार्यक्रमहरू अनिवार्य रहने र मन्दिरले विभिन्न सांस्कृतिक कार्यक्रम, धार्मिक क्रियाकलाप, र नेपाली परम्परालाई जोगाउने उद्देश्य राख्दै आएको बताए ।

    यो सांगीतिक साँझ नेपाली समुदायका लागि मात्र नभई, अन्तर्राष्ट्रिय स्तरमा हाम्रो धरोहरलाई प्रवर्द्धन गर्ने प्रयासको रूपमा रहेको छ। हिमालयन भाइब्सका प्रतिनिधि एवं नेपाली संस्कृति र कलालाई क्यानडामा संरक्षण र सम्बर्द्धन गर्न अहम् भुमिका निभाउदै आउनुभएका रबिन्द्र घिमिरे भन्छन ,“हामी संगीतको माध्यमबाट हाम्रो भाषा, धर्म, र संस्कृति प्रवर्द्धन गर्दैछौं। टोरन्टोमा हाम्रो धुन गुञ्जनु भनेको नेपाललाई संसारभर चिनाउने अर्को खुड्किलो हो।”


    यसअघि हिमालयन भाइब्सले टोरोन्टोमा भव्य एवं सभ्य “गोपाल योन्जन स्मृति साझ” को आयोजना गरिसकेको छ। उक्त कार्यक्रमबाट उठेको रकम मन्दिरको हित र पुनःनिर्माणका लागि खर्च गरिने बताइएको छ भने उक्त कार्यक्रम, केनेडि कन्भेन्सन सेन्टरमा आगामी मे ३१,२०२५, शनिबारका दिन हुने जनाइएको छ।