CanadaKhabar.com

Sunday, April 20, 2025 -
  • झन्डै ४ दशक पछी क्यानडा हुँदै एएनएको सम्मेलन

    क्यानडाखबर डेस्क ।
    टोरोन्टो, क्यानडा

    एसोसिएशन अफ नेपालीज ईन द अमेरिकाज (एएनए) को राष्ट्रिय सम्मेलन क्यानडाको क्यालगरी हुने भएको छ । विशेषगरी नर्थ अमेरिका अर्थात अमेरिका, क्यानडा बसोबास गर्ने नेपालीहरु पुरानो संस्था हो । सन् १९८३ मा स्थापित एएनएले प्रायः सम्मेलनहरू संयुक्त राज्य अमेरिकामा आयोजना गर्दै आएको थियो।

    कैयौं दशक पश्चात यो पटक क्यानडामा सम्मेलन गर्न लागिएको संस्थाका उपाध्यक्ष सन्तोष दाहालले जानकारी दिए । उनैको पहलमा यो पटक क्यानडामा नर्थ अमेरिकाका नेपालीहरु एकै ठाउँंमा भेला हुँदैछन ।

    संस्थाको सम्मेलन भब्य बनाउन आफूहरु लागिसकेको र क्यानडामा रहेका अन्य संघ संस्थाहरुलाई आ-आफ्नो ठाउँबाट यो कार्यक्रम सहयोग पुर्याउन उनले सबैमा अनुरोध समेत गरेका छन् ।

    नेपालीहरुको सबैभन्दा पुरानो संस्था मध्य ‘एएनए’ पनि एक हो । स्थापनाको ४२ वर्षको इतिहास बोकेको यो संस्थाको अध्यक्ष खगेन्द्र अधिकारी हुन्, उनले एक विग्ज्ञप्ती मार्फत सबैलाई एकजुट भएर नेपाली समुदायको एकता संगै प्रवासबाटै सम्रिद्द नेपाल निर्माणमा सहयोग पुर्याउन सबैमा आग्रह समेत गरेका छन् ।

    आउंदो अगस्त २२ बाट सुरु हुने सम्मेलनको तीन दिन सम्म सांस्कृतिक कार्यक्रम, कार्यशाला र आगामी कार्यदिशा बारे छलफलहरू हुनेछन्। यसले विदेशमा रहेका युवा, नेपाली ब्याबसायी र दोस्रो पुस्तालाई नेपालसँग जोड्ने अवसर प्राप्त हुने जनाईएको छ ।