CanadaKhabar.com

Sunday, September 20, 2026 -

‘हिमालयन डाइनामोज’ द्वारा जुन १४ देखि ब्राम्पटन, ओन्टारियोमा फुटबल प्रतियोगिता आयोजना हुने

क्यानडाखबर संवाददाता, टोरोन्टो – क्यानडा ।

नेपाली क्यानाडेलीहरूको फुटबल क्लब ‘हिमालयन डाइनामोज’ले आउँदो जुन १४ देखि क्यानाडाको ओन्टारियो प्रान्तस्थित ब्राम्पटन शहरमा फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ। प्रतियोगितामा ४० वर्ष भन्दा माथिका खेलाडीहरूले मात्र सहभागिता जनाउन सक्नेछन्।

सहभागी बन्न इच्छुक टिम/व्यक्तिहरूले मे २५ भित्र अनिवार्य रूपमा दर्ता गर्नुपर्नेछ। प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्ने टिमले ५,००० क्यानाडियन डलर र ट्रफी पुरस्कार प्राप्त गर्नेछ भने, द्वितीय हुने टिमले २,५०० डलर र ट्रफी प्राप्त गर्नेछ।

आयोजक क्लबका कार्यक्रम संयोजक रमेश रानाले प्रतियोगिता नेपाली समुदायबीचको एकता सुदृढ गर्ने तथा खेलप्रेमी नेपालीहरूलाई एउटै ठाउँमा समेट्ने उद्देश्यले हरेक वर्ष यस्तो प्रतियोगिता आयोजना गरिने जानकारी दिएका छन्। साथै, उनले सम्पूर्ण नेपाली समुदायलाई यस कार्यक्रममा सहभागिता जनाउन हार्दिक आग्रह समेत गरेका छन्।