क्यानडाखबर न्युज डेस्क – टोरन्टो, क्यानडा ।
एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले आफ्नो ८८औं शाखाको रूपमा, क्यानडा टोरन्टो शाखाको भव्य उद्घाटन गरेको छ। यो शाखा क्यानडा गरि २५ ओटा देशमा स्थापना भएको छ, जसले संस्थाको विश्वव्यापी पहुँचलाई अझ सुदृढ बनाएको छ।
उद्घाटन समारोह एक उत्साहजनक तथा गौरवपूर्ण वातावरणमा सम्पन्न भएको थियो, जहाँ विद्यार्थी, अभिभावक, शिक्षाविद् तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा ग्लोबल डाइरेक्टर बद्री अर्याल, ग्लोबल ग्रुप म्यानेजर म्यानी घिमिरे, बिजनेस डेभलपमेन्ट म्यानेजर प्रशन्न दाहाल, तथा नारायणगढबाट क्षेत्रीय निर्देशक डिल्लीराम अधिकारीको विशेष उपस्थितिले कार्यक्रमलाई अझ भव्य बनाएको थियो।

टोरन्टो अफिसको नेतृत्व आरसीआईसी रघुनाथ ढकालले गरिरहेका छन्, भने एडमिसन र रिक्रुटमेन्टमा प्रविन रिजाल र क्षितिज थापा रहेका छन्, जसले विद्यार्थीहरूको परामर्श तथा भर्ना प्रक्रियामा सहयोग पुर्याउनेछन्।
एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजले विद्यार्थीहरूलाई उपयुक्त देश, पाठ्यक्रम तथा विश्वविद्यालय छनोटदेखि भिसा आवेदन, प्रि-डिपार्चर सेमिनार, र गन्तव्य मुलुकमा पुगेपछि आवश्यक सहयोगसम्मका सम्पूर्ण सेवा प्रदान गर्दै आएको छ भने अन्तर्राष्ट्रिय शाखाका रुपमा स्थापना भएको क्यानडा शाखाबाट पनि क्यानडामा अध्ययन, वोर्क पर्मिट, इमिग्रेसन तथा भिजा अनि उपयुक्त परामर्श सेवा गरिनेछ।
संस्थाले शिक्षा साझेदारको रूपमा नायग्रा कलेज, एल्गोमा विश्वविद्यालय, इन्टरनेशनल बिजनेस युनिभर्सिटी, सेरिडन कलेज, सेन्टेनियल कलेज लगायत थुप्रै क्यानाडाली शिक्षण संस्थाहरूसँग सहकार्य गर्दै आएको छ, जसले विद्यार्थीहरूलाई विश्वस्तरीय शिक्षा प्राप्त गर्ने अवसर प्रदान गर्छ।

साथै कार्यक्रममा नेप्लिज क्यानेडियन कम्युनिटि सर्भिसेज (एन सि सि एस) को प्रतिनिधित्व गर्दै अध्यक्ष विना बर्मा, संस्थापक अध्यक्ष विश्व बर्मा,सदस्य निमिष खनाल, सृजनशिल नेपाली समाज, क्यानडाका संस्थापक शिशिर पाण्डे, समाजसेवी तथा नेपाली समुदायका सक्रिय अभियान्ता विश्नुहरि भण्डारी, आयाम इमिग्रेसनबाट अशोक पौडेल, लगायतको उपस्थिति रहेको थियो।
उद्घाटन समारोहमा सहभागी अतिथिहरूले संस्थाले विश्वभर फैलाएर सञ्चालन गरिरहेको गुणस्तरीय सेवा तथा नेपाली विद्यार्थीलाई दिएको योगदानको उच्च प्रशंसा गरेका थिए। उनीहरूले क्यानडामा यो शाखाको सुरुवातले नेपाली समुदायलाई अध्ययन र आप्रवासनका क्षेत्रमा अझ सहज बनाउने विश्वास व्यक्त गरे।
यस शाखाको उद्घाटनले प्रवासी नेपाली विद्यार्थी तथा परिवारहरूका लागि विश्वासिलो सल्लाह केन्द्रको भूमिका खेल्नेछ, साथै क्यानडाको शिक्षामा अभिरुचि राख्ने विद्यार्थीहरूलाई आवश्यक सम्पूर्ण मार्गदर्शन प्रदान गर्नेछ।
