विजय लम्साल
सचिव – उम्मेद्वार ।
एनआरएनए क्यानडा सचिव पदको उम्मेदवारी बिजय लम्साल मेरो नाम बिजय लम्साल हो। म विगत ९ वर्षदेखि क्यानडामा बसोबास गर्दै आएको छु र हाल नियाग्रा फल्स, ओन्टारियो मा स्थायी रूपमा बस्दै आएको छु। पछिल्ला पाँच वर्षभन्दा बढी समयदेखि म क्यानाडियन रेडक्रस सँग आबद्ध रही कार्यरत छु, जहाँ मैले क्यानडाको विभिन्न क्षेत्रहरूमा मानवीय सहायता, संकट व्यवस्थापन, र समुदाय सहयोगजस्ता महत्वपूर्ण कार्यहरूमा योगदान दिने अवसर पाएको छु।
पेशागत कामसँगै, म नियाग्रा फल्समा “नेभर लेट क्लिनिङ सर्भिसेस” नामक साइड व्यवसाय पनि सञ्चालन गर्दै आएको छु, जहाँ धेरैजसो नेपाली अन्तर्राष्ट्रिय विद्यार्थीहरू कार्यरत छन्। यो व्यवसाय मात्र नभई, एक समुदायमूलक सहारा प्लेटफर्म हो, जसले नेपाली विद्यार्थीहरूलाई आंशिक रोजगारीको अवसर प्रदान गरेर, क्यानाडेली समाजमा घुलमिल हुन सघाउँदै, व्यक्तिगत तथा व्यावसायिक विकासका लागि मार्गदर्शन पनि गर्दै आएको छ। व्यवसाय र पेशागत जिम्मेवारीसँगै, म समुदाय सेवामा सधैँ समर्पित रहँदै आएको छु।

मेरो योगदान नेपाली समुदायमै सीमित छैन — क्यानाडियन रेडक्रस मा कार्यरत रहँदा र व्यक्तिगत रूपमा पनि म क्यानाडियन र नेपाली दुबै समुदायहरूमा सक्रिय रूपमा योगदान दिँदै आएको छु, चाहे त्यो स्थानीय सामाजिक कार्यक्रम, सांस्कृतिक उत्सव, विपद् व्यवस्थापन, वा नयाँ आप्रवासीहरूको पुनर्स्थापनामा सहजीकरण होस्। एनआरएनए क्यानडा किन आवश्यक छ? गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडा केवल एउटा संस्था मात्र होइन, यो सम्पूर्ण प्रवासी नेपालीहरूको पहिचान, अधिकार, र हितको रक्षक संस्था हो।
विविधता र अवसरले भरिएको देश क्यानडामा, एनआरएनए क्यानडाको भूमिका अझ महत्वपूर्ण बन्छ: विभिन्न प्रान्त र क्षेत्रमा रहेका नेपालीहरूलाई आपसमा जोड्ने हाम्रो धेरैधार्मिक, सांस्कृतिक र भाषिक सम्पदाको प्रवर्द्धन गर्ने आर्थिक, शैक्षिक, र पेशागत अवसरहरू सिर्जना गर्ने प्रवासीहरूको आवाजलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा प्रतिनिधित्व गर्ने नयाँ आप्रवासीहरू तथा विद्यार्थीहरूलाई स्थायीत्व र प्रगतिको बाटोमा अघि बढ्न सहयोग गर्ने एनआरएनए क्यानडा नेपाल र विदेशस्थित नेपालीहरू बीचको सेतु हो — जसलाई दूरदृष्टि, जिम्मेवारी र समर्पणसाथ अगाडि बढाउनु अत्यन्त आवश्यक छ।
म सचिव पदको उम्मेदवार किन? सचिव पदका उम्मेदवारको रूपमा, मसँग पेशागत अनुशासन, व्यवसायिक अनुभव, र समुदायमा जडित सहभागिता को संयोजन छ। मलाई विश्वास छ कि सचिवको भूमिकामा रहेका निम्न जिम्मेवारीहरू म प्रभावकारी रूपमा पूरा गर्न सक्छु: संस्थाभित्र पारदर्शी, समयमा र स्पष्ट सञ्चार सुनिश्चित गर्नु सही अभिलेख, बैठक विवरणहरू र सार्वजनिक जानकारीहरू व्यवस्थित राख्नु कार्यकारी टिमसँग सहकार्य गर्दै रणनीतिक योजनाहरू कार्यान्वयन गर्नु युवा, नयाँ आप्रवासीहरू, र पछाडि परेका वर्गहरूलाई एनआरएनएको अभियानमा जोड्नु समावेशिता, पारदर्शिता र उत्तरदायित्व को भावना प्रवर्द्धन गर्नु म कार्यकेन्द्रित नेतृत्वमा विश्वास गर्छु, र मलाई क्यानडामा रहेका नेपालीहरूको वास्तविक चुनौतीहरू र सपना राम्ररी बुझिएको छ — चाहे ती विद्यार्थी, पेशागत व्यक्तित्व, परिवार, वा व्यवसायी नै किन नहुन्।
मेरो उद्देश्य एनआरएनए क्यानडालाई अझ सुलभ, सक्रिय र प्रभावशाली बनाउनु हो, जसले हाम्रा सम्पूर्ण प्रवासी नेपालीहरूको ईमानदारी र उत्कृष्टतासाथ सेवा गर्न सकोस्। म तपाईंहरूको साथ र विश्वासको हार्दिक अनुरोध गर्दछु — एक बलियो, एकीकृत र समुन्नत नेपाली समुदाय निर्माणको यात्रामा।
धन्यवाद। बिजय लम्साल
