CanadaKhabar.com

Monday, December 15, 2025 -

क्याल्गरिमा क्रिकेट प्रतियोगिता हुँदै

प्रकाश क्षेत्री – क्यानडाखबर
क्याल्गरी – क्यानडा ।

नेप्लिज क्यानेडियन क्रिकेट च्याम्पिएनसिपको चौंथो संस्करण आउंदो शनिबार ( अगस्ट २ ) क्याल्गरीमा हुने भएकोछ । पश्चिम क्यानडाको विभिन्न शहरहरु बिच हुने उक्त च्याम्पिएनसिप यस पटक क्याल्गरिमा अवस्थित क्याल्गरी थन्डर स्ट्राइकर क्रिकेट क्लबले आयोजना गर्न लागेको हो ।

नेपाली क्रिकेट प्रेमिहरुलाई प्रवासमा पनि खेलकूद र मनोरन्जन गराउने उधेश्यले यस्तो प्रतियोगिता आयोजना गरिदै आएको आयोजक संस्थाका अध्यक्ष विशाल चापागाईले क्यानडाखबरलाई जानकारी दिएका छन् ।

क्याल्गरी स्थित इस्ट सेपार्ड क्रिकेट ग्राउन्डमा अगस्ट ३ र ३ तारिख हुने प्रतिस्पर्धामा क्यालगरी, भ्यानकुभर , एड्मन्टन, रेजिना,ग्रेटर भ्यानकुभर र सास्काच्चुन टिमले सहभागीता जनाउने छन् ।


खेलमा बिजयी टिमलाई ५०० डलर र फस्ट रनरअपलाई ट्रफी ब्यबस्था गरिएको आयोजक क्लबका उपाध्यक्ष अनुप आचार्यले जानकारी दिए ।