CanadaKhabar.com

Monday, December 15, 2025 -

एनसीसीसी कप २०२५ भोलिदेखि सुरु: ८ टिमको एउटै लक्ष्य, विजयको ट्रफी!

मदन बस्नेत – क्यानडाखबर ।
क्यानेडेली नेपाली समुदायमा सबैभन्दा प्रतिक्षित क्रिकेट प्रतियोगिता एनसीसीसी कप २०२५ भोलि अगस्ट ९ शनिबारदेखि सुरु हुन गईरहेको छ। प्रतियोगिता पर्सी आइतबार अगस्ट १० मा समापन हुनेछ। प्रतियोगिताका सबै खेलहरु डिक्सी ४०७ स्पोर्ट्स फिल्डमा बिहान ७ बजेदेखि बेलुकी ८ बजेसम्म सुचारु रुपमा संचालन हुनेछ।

दुई दिने उक्त प्रतियोगितामा प्रतिस्पर्धाकोलागी बेलायत, अमेरिका र क्यानाडाका गरि कुल ८ टिमहरुले सहभागीता जनाएका छ्न्।

एनसीसीसी कप २०२५ को उपाधीकोलागि प्रतिस्पर्धामा उतृएका ८ टिमहरुमा ग्रुप टाईगर अन्तर्गत टड्का सिजलिंग स्पाइसेस, आयोजक टिम एनसीसीसी, क्यापिटल कृकेट क्लब र सिएनवाईसी छ्न् भने अर्को समूह ग्रुप लायन अन्तर्गत ब्रेक एण्ड प्ले, लण्डन सिसि, एएसपिसी र म्याक्स कृकेट क्लब रहेका छ्न्।

उक्त ८ प्रतिस्पर्धी टिमहरु मध्ये ६ क्यानेडियन पावरहाउसहरू विरुद्ध बेलायत र अमेरिकाबाट आएका २ अन्तर्राष्ट्रिय दिग्गज टिमहरु एकआपसमा महाभिडन्त गर्दैछ्न्। कृकेट मैदानको त्यो भिडन्तमा केवल एक टिमले जित्नेछ र बिजयको ताज पनि केवल एकै टिमले पहिरिने छ।  

एनसीसीसी कप २०२५ को कृकेट महाकुम्भलाई प्रत्यक्ष रुपमा हेर्न खेल स्थलमा आउन नसक्नेहरुको सुबिधाकालागि नेपाली क्यानेडियन क्रिकेट क्लबले आफ्नो युट्युब च्यानलमा लाइभ कमेन्ट्री र स्ट्रिमिङ पनि गर्दैछ।

आयोजक संस्थाका अनुसार सेमिफाइनल सहित सबै खेलहरू १६ ओभरका छन् भने फाइनल २० ओभरका हुनेछन्।

कृकेटका माध्यमबाट बिदेशमा बस्दै आएका नेपालीहरुबीच हार्दिकतालाई प्रगाढ बनाउने र नेपालीहरुलाई एकअपसमा जोड्ने सेतुको रुपमा  क्यानाडामा रहेका नेपालीहरुको प्रयास स्वरुप स्थापना गरिएको क्रिकेट क्लब नेप्लिज क्यानेडियन क्रिकेट क्लबको आयोजनामा सञ्चालन गरिएको एनसीसीसी कपको यो ९ औं संस्करण हो।