सन्तोष दाहाल
१९८३ मा स्थापना भएको एसोसिएसन अफ नेपालीज इन द अमेरिकाज (ANA) उत्तर अमेरिकाको सबैभन्दा पुरानो, अग्रणी र प्रभावशाली द्वि-राष्ट्रिय नेपाली समुदाय संस्था हो। चार दशकभन्दा लामो यात्रामा ANA ले विश्वभरका नेपालीलाई एकता, पहिचान, सांस्कृतिक गर्व र नीतिगत योगदानको साझा मञ्च प्रदान गर्दै आएको छ। यसको मिशन हो — नेपाली डायस्पोराबीच एकता र सौहार्द प्रवर्द्धन, नेपाली पहिचान र संस्कृतिको संरक्षणतथा ज्ञानमार्फत सशक्तीकरण ।
यस गौरवशाली यात्राको निरन्तरतामा, ४२औं एएनए अन्तर्राष्ट्रिय नेपाली सम्मेलन आगामी अगस्त २२–२४, २०२५ मा क्यानडाको क्यालगरीमा भव्य रूपमा आयोजना हुँदैछ। ३७ वर्षपछि क्यानडामा फर्किएको यो सम्मेलन केवल भेटघाट मात्र होइन, डायस्पोराको उज्ज्वल भविष्यको लागि माइलस्टोन हुने ऐतिहासिक अवसर हो — जसले विश्वभरका नेपालीलाई एकै मञ्चमा ल्याएर सहकार्य, नीतिगत संवाद र सांस्कृतिक सम्पदाको पुनः पुष्टि गर्नेछ।

यस सम्मेलनका प्रमुख अतिथि दक्षिण एसियाका अग्रणी अर्थशास्त्री, अन्तर्राष्ट्रिय नीति विज्ञ र नेपालका संघीय सांसद डा. स्वर्णिम वाग्ले हुनुहुन्छ। उहाँको उपस्थितिले यस मञ्चलाई वैश्विक स्तरको बौद्धिक र नीतिगत प्रभावमा रूपान्तरण गर्नेछ।
यस सम्मेलनको संयोजक (Conveyor) कमल भट्टराई हुनुहुन्छ । सम्मेलनका सह-अध्यक्षहरू (Co-chairs) कल्पना धकाल र दिनेस घिमिरे हुनुहुन्छ । सह-संयोजकहरू (Deputy Conveyors) मा शर्मिला रानाभाट र प्रतिमा क्षेत्री रहेका छन् । एसोसिएसन अफ नेपालीज इन द अमेरिकाज (ANA) का अध्यक्ष खगेन्द्र धिकारी सम्मेलनका अध्यक्ष (Chairperson) हुनुहुन्छ । यस सम्मेलन संपन्न गर्न २६ वटा समिति गठन गरिएको छ, जो संयोजक कमल भट्टराईको नेतृत्वमा संचालन हुनेछ ।
कार्यक्रमका उच्चस्तरीय आकर्षणहरू :
भव्य उद्घाटन समारोह र विशेष स्वागत कार्यक्रम
नेपालको जलविद्युत् विकास र प्रवासी संलग्नता सम्बन्धी नीति संवाद
NRN कानून, दोहोरो नागरिकता र आव्रजन चुनौती विषयक अन्तर्राष्ट्रिय बहस
प्रवासी नेपालीको भूमिका र अवसरबारे नीति–निर्माता, व्यवसायिक नेता र अनुसन्धानकर्तासँग
अन्तरक्रिया
दिगो विकास र आर्थिक स्थायित्व सम्बन्धी दृष्टिकोण आदान–प्रदान
महिला नेतृत्व सशक्तिकरण र युवा फोरम
मानसिक स्वास्थ्य सचेतना — “You Are Not Alone”
नेपाली साहित्यिक कार्यक्रम — कविता, कथा, निबन्ध र समकालीन प्रवासी साहित्य
Jhanki — नेपालको सांस्कृतिक विविधताको अद्वितीय प्रस्तुति
संगीत, नृत्य र सांस्कृतिक कार्यक्रम
सांस्कृतिक भ्रमण तथा उच्चस्तरीय नेटवर्किङ सत्र
यो सम्मेलनमा उत्तर अमेरिकाका नेपाली बौद्धिक, नीति विज्ञ, विश्वविद्यालयका प्राध्यापक, अनुसन्धानकर्ता, व्यवसायिक नेता, क्यानडाका MP, MLA, मेयरहरू, युरोप र नेपालका विशिष्ट व्यक्तित्व, अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधि तथा समुदायिक अगुवाहरूको उपस्थितिले वैश्विक संवादको अद्वितीय वातावरण सिर्जना गर्नेछ।
विशेष रूपमा, नेपालका क्यानडास्थित राजदूत महामहिम भरतराज पौड्याल, संघीय तथा प्रान्तीय सांसदहरू, अन्तर्राष्ट्रिय अतिथि, र प्रवासी नेपाली समुदायको व्यापक सहभागिताले यस सम्मेलनलाई ज्ञान, नीति, संस्कृति र नेतृत्वको अनुपम मञ्चमा रूपान्तरण गर्नेछ। यो सम्मेलन केवल तीन दिनको कार्यक्रम मात्र होइन, यो हाम्रो साझा भविष्यको मार्गचित्र कोर्ने अवसर हो। यहाँ हुने बहस, छलफल र सहकार्यले प्रवासी नेपालीको पहिचान, नेतृत्व र योगदानलाई विश्वमञ्चमा अझ मजबुत बनाउनेछ।
अगस्त २२–२४, २०२५ — क्यानडाको क्यालगरीमा भेटौं, यो ऐतिहासिक यात्राको साक्षी बनौं र भविष्य निर्माणमा आफ्नो योगदान दिऔं।
लेखक एनआरएनए क्यानडाको वरिष्ठ उपाध्यक्ष तथा एनएका उपाध्यक्ष समेत हुन् ।
