CanadaKhabar.com

Monday, December 15, 2025 -

TNSC भेट्रान्स कप र डा. कुन्जरमणि शर्मा मेमोरियल कप U15 दुबै उपाधी हिमालयन डाइनामोसलाई !

मदन बस्नेत – क्यानडाखबर ।

टोरन्टो नेपलिज स्पोर्ट्स क्लब (TNSC) ले आयोजना गरेको टिएनएससी भेट्रान्स कप २०२५ र डा. कुन्जरमणि शर्मा मेमोरियल कप U15 भब्यताकासाथ सम्पन्न भएको छ।

अगस्ट १८ आइतबार युएफटी स्कारब्रोको खेल मैदानमा सम्पन्न खेलमा टिएनएससी भेट्रान्स कप २०२५ हिमालयन डाइनामोस रेड र पहिलो डा. कुन्जरमणि शर्मा मेमोरियल कप U15 पनि हिमालयन डाइनामोसको जुनियर टिमले जित्न सफल भएको छ।

टिएनएससी भेट्रान्स कप २०२५ अन्तर्गत हिमालयन डायनामोस रेड, हिमालयन डायनामोस ब्लू, TNSC रेड, TNSC ब्लू, ब्राम्सौगा युनाइटेड एफसी, बुद्ध एफसी, र NRNA क्यानडा टिम गरि कूल ७ सहभागी टिम मध्ये उपाधिकोलागी हिमालयन डाइनामोस रेड र टिएनएससी रेडले प्रतिस्पर्धा गरेकोमा निर्धारित समय भित्र १-१ को बराबरी स्कोरका कारण पेलान्टी सुट आउटमा बिजेता र उपबिजेता निर्धारण गरिएको थियो। पेनाल्टी शुट आउटमा हिमालयन डाइनामोस रेडले टिएनएससी रेडलाई ४-३ गोल अन्तरले पराजित गरेको थियो।

त्यसैगरी हिजै सम्पन्न पहिलो डा. कुञ्जरमणि शर्मा मेमोरियल कप U15 को फाइनल खेल हिमालयन डायनामोस र आयोजक टिम TNSC ब्लु बीच पनि पेनाल्टी सुट आउटबाटै टुंगिएको थियो। निर्धारित समय सिमा सम्ममा दुबै टिमको स्थिति २-२ को बराबरीमा रहेको थियो। पेनाल्टी सुट आउटमा हिमालयन डाइनामोस जुनियर टिमले आयोजक टिम TNSC जुनियरलाई  ३-२ गोल अन्तरले हराउँदै उपाधी चुम्न सफल भएको हो।

समग्र खेलमा खेलाडीहरुले प्रदर्शन गरेको उच्च खेल कौशलका आधारमा प्रतियोगिताको मोस्ट भ्यालुएबल खेलाडी (MVP) हिमालयन डायनामोस रेडका अमर श्रेष्ठ, सर्वोत्तम डिफेन्डर हिमालयन डायनामोस रेडका अनिल कुशवाह, सर्वोत्तम फरवार्ड TNSC रेडका नवीन पौडेल, सर्वोत्तम मिडफिल्डर TNSC रेडका समीर गुरुङ, सर्वोत्तम गोलकिपर TNSC रेडका बिदुर केसी, प्रतियोगिताको सर्वोच्च गोल स्कोरर हिमालयन डायनामोस रेडका उत्तम श्रेष्ठ र फेयर प्ले अवार्ड NRNA क्यानडाको टोलीले प्राप्त गर्न सफल भएका छ्न्।

प्रतियोगितालाई सफलापूर्वक सम्पन्न गर्न साथ, सहयोग र समर्थन गर्नुहुने र आर्थिक र नैतिक रुपले सघाउनु हुने TNSC का निर्देशक समिति, क्लबका सदस्यहरू, सहभागी फुटबल टोलीहरू, प्रबन्धकहरू, प्रशिक्षकहरू, रेफ्रीहरू, स्वयंसेवकहरू, समर्थकहरू, र सम्पूर्ण अभिभावक र दर्शकहरु तथा क्लबको निमन्त्रणा स्वीकार गरेर खेल मैदानमा पाल्नु हुने सबै अतिथीहरुलाई क्लबका तर्फबाट TNSC का अध्यक्ष रबिन्द्र लम्सालले सबैलाई धन्यबाद ज्ञापन गर्नु भएको थियो।

प्रतियोगिताको उद्घाटन समारोहमा स्कारब्रो सेन्टरकी सांसद सलमा जाहिद, एनआरएनए क्यानडाका अध्यक्ष जगन सापकोटा र एनआरएनए ग्लोबलका सहकोषाध्यक्ष अभिमन्यु बस्नेत लगायतको उपस्थिती थियो।

प्रतियोगिताको U15 तर्फको बिजेता खेलाडी र टिमहरुलाई स्वर्गीय डा. कुञ्जरमणि शर्माका छोरा बेन्जामिन शर्मा (बेन) ले पुरस्कार बितरण गर्नु भएको थियो।